images

२०८३ आश्विन १८ गते

images
images
images

'मन बिनाको धन' अब अमेरिकामा प्रदर्शन हुने

'मन बिनाको धन' अब अमेरिकामा प्रदर्शन हुने

images
images
शुक्रवार, मंसिर २६ २०८२
शुक्रवार, मंसिर २६ २०८२
  • काठमाडौँ । नेपालमा पाँचौँ हप्तामा प्रदर्शनरत फिल्म ‘मन बिनाको धन’ अब अमेरिकामा प्रदर्शन हुने भएको छ । सानो गाउँबाट सुरु भएको बाल गायक तथा अभिनेता अशोक दर्जीको सङ्घर्षपूर्ण जीवनयात्राको कथामा बनेको फिल्म अमेरिकामा ग्रेट इभेन्ट मुभीले प्रदर्शन गर्न लागेको हो ।अमेरिकामा बस्ने नेपाली समुदायले अशोक दर्जीको घर निर्माणका समयमा गरेको साथ–सहयोग सम्झिँदै फिल्म अमेरिकामा प्रदर्शन गर्न लागेको ग्रेट इभेन्ट मुभीका डा. कुमार गुरुङले बताए । 

    images
    images

    फिल्ममा अशोक दर्जीसँगै सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झा, पार्वती अधिकारी, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा, आर्यन पोखरेल र विजय डंगोललगायत कलाकारको अभिनय छ ।

    टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहेको फिल्म टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा विष्णुमाया मैनालीले निर्माण गरेकी हुन् । फिल्ममा टंक बुढाथोकीकै संगीत, सौरभ लामाको छायाङ्कन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र मित्र डी. गुरुङको सम्पादन छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend