images

२०८३ आश्विन १९ गते

images
images
images

बाँझो जग्गाबाट १५ लाखको किवी उत्पादन

बाँझो जग्गाबाट १५ लाखको किवी उत्पादन

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • तम्घास(गुल्मी),मङ्सिर २५ गते । गुल्मीको कालीगण्डकी १ सिरकोटमा वर्षौँदेखि वनमाराले ढाकेको बाँझो जग्गामा अहिले किवीले हराभरा बनेको छ ।  जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्बर १ सिरकोटमा वर्षौदेखि बाँझिएको जग्गालाई सदुपयोग गर्दै २३ जना युवा मिलेर छ सय रोपनी क्षेत्रफलमा व्यावसायिक रुपमा किवी खेती गरेका हुन् । अहिले करिब चार सय बिरुवाले उत्पादन दिएकाले ६० क्विन्टल किवी बिक्री गरेको युवा व्यवसायी लक्ष्मीपति न्यौपानेले जानकारी दिएका छन्।

    images
    images

    औसतमा प्रति किलो दुई सय पचास रुपियाँका दरले किवी बिक्री गरेको उहाँको भनाइ छ । किवी गाउँबाटै पनि बिक्री भएको र गाउँबाट बिक्री हुन नसकेको किवी बुटवलमा लगेर बिक्री गरेको  बताएका छन् । यस वर्ष किवी बिक्रीबाट १५ लाख आम्दानी गरेको न्यौपानेले बताएका छन् ।वर्षौदेखि बाँझिएर खेर गइरहेको सिरकोट, तोलादी, देउराली र अर्वेनी कोटको जग्गालाई सदुपयोग गरिएको र गाउँलाई नै किवीमय बनाउने योजना रहेको अर्का कृषक गगन तरामुले बताउनुभयो ।  उन्नतिशील कृषि फलफूल तथा पशुपंक्षी कृषक समूहका अध्यक्ष पदमपानी पाण्डेले छ सय रोपनी क्षेत्रफलमा करिब आठ हजार बिरुवा रोपण गरी व्यावसायिक रुपमा किवी खेती गरिएको बताएका छन् ।

    पहिले सुरुमा किवी खेतीको बारेमा सुनेको मात्रै भए पनि पछि यसबाट राम्रो आम्दामी लिन सकिन्छ भन्ने उद्देश्यका साथ आफूहरुले समूह नै बनाएर सामूहिक किवी खेतीको सुरुवात गरेको  भनाइ छ ।आफूहरुले देशका विभिन्न स्थानमा गरिएको किवी खेतीको बारेमा अध्ययन अवलोकन गरी सिरकोटमा पनि सम्भावना देखेर किवी खेती गर्ने आँट लिएको न्यौपानेको भनाइ छ । आफूहरुले गरेको किवी खेती हेर्नका लागि विभिन्न स्थानहरुबाट कृषक समूह, सहकारीहरु आउने गरेको र आफूहरुले गर्दै आएको किवी खेतीका बारेमा अनुभव आदानप्रदान गर्दै आएको न्यौपानेले बताएका छन् ।

    images
    images

    २०६४ सालमा भार्सेका कृषकले सङ्खुवासभाबाट किवीका बिरुवा ल्याएर लगाएकाले जिल्लामै पहिलो पटक भार्सेबाट किवी खेतीको सुरूवात भएको मानिन्छ । समुद्री सतहदेखि एक हजार दुई  सय मिटरभन्दा माथिको भूभागमा किवी खेती हुने गर्दछ । जिल्लामा एक हजार दुई  सय मिटर माथिका भूभाग धेरै रहेकाले किवी खेतीका लागि राम्रो सम्भावना रहेको कृषि ज्ञानकेन्द्र गुल्मीले जनाएको छ ।जिल्लाको कालीगण्डकी, चन्द्रकोट, सत्यवती, मुसिकोट, रेसुङ्गा नगरपालिकालगायत जिल्लाका १२ वटै स्थानीय तहमा खेती गर्न योग्य स्थान छन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend