images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • ‘फेक न्यूज’ गिरोहविरुद्ध फौजदारी कारबाहीमा जाँदै...

‘फेक न्यूज’ गिरोहविरुद्ध फौजदारी कारबाहीमा जाँदै रिलायन्स

‘फेक न्यूज’ गिरोहविरुद्ध फौजदारी कारबाहीमा जाँदै रिलायन्स

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै बजारमा चलखेल गर्ने ‘फेक न्यूज’ गिरोहविरुद्ध फौजदारी कारबाही अघि बढाउने जनाएको छ । ‘अभियन्ता’ को भेषमा रहेका असुलीकर्ताहरूको संगठित समूहले लगानीकर्तालाई त्रसित बनाउन र नियामक निकायलाई ब्ल्याकमेल गर्न ‘९ करोड घुस’ को कपोलकल्पित र भ्रामक कथा फैलाइरहेको भन्दै कम्पनीले कानुनी उपचार खोज्ने जनाएको हो ।रिलायन्सले यसका लागि जिम्मेवार व्यक्तिहरू र मिडिया पोर्टलहरूको पहिचान गरिसकेको विज्ञप्तिमा उल्लेख गरेको छ । बजार ‘आतंक फैलाएको’ र ‘आपराधिक मानहानी’ गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र साइबर ब्युरोमा तत्काल उजुरी दर्ता गर्ने प्रक्रिया अघि बढाइएको कम्पनीको भनाइ छ ।

    images
    images

     ‘यी आरोपहरू शतप्रतिशत झूटा, बदनियतपूर्ण र केवल व्यक्तिगत लाभका लागि सेयर बजारमा चलखेल गर्ने उद्देश्यले नियोजित रूपमा सिर्जना गरिएका हुन्,’ विज्ञप्तिमा भनिएको छ, ‘सर्वोच्च अदालतले उनीहरूको आधारहीन रिट निवेदन दर्ता गर्न अस्वीकार गरेलगत्तै यो चरित्रहत्याको अभियान सुरु गरिएको हो, अदालतको कानूनी लडाइँमा असफल भएपछि उक्त गिरोहले ‘झूटको खेती’ को सहारा लिएको हो ।’ यस प्रकारको बार्गेनिङ र ब्ल्याकमेलिङ विरुद्ध कम्पनीमा आवद्ध ४ हजार कर्मचारी र २० हजारभन्दा बढी लगानीकर्ताहरूको साथमा डटेर उभिने रिलायन्सले स्पष्ट पारेको छ ।रिलायन्सले जिम्मेवार सञ्चार माध्यमहरूलाई यस्ता अनधिकृत, पुष्टि नभएका र अपमानजनक हल्लाहरूको पछि नलाग्न र पत्रकारिताको मूल्य, मान्यतामा रहेर समाचार प्रकाशनरप्रसारण नगर्न अनुरोधसमेत गरेको छ । 

    देशको सबैभन्दा ठूलो धागो उद्योग सञ्चालक कम्पनी रिलायन्स स्पिनिङ मिल्सलाई नेपाल धितोपत्र बोर्डले पाटन उच्च अदालतको आदेश कार्यान्वयन गर्दै अवरुद्ध रहेको आईपीओ निष्काशन प्रक्रिया सुरु गर्न स्वीकृति दिएसँगै भ्रामक र तथ्यहीन समाचार प्रकाशन भएका कम्पनीले जनाएको छ । यद्यपि यस्ता भ्रमले लगानीकर्तालाई कुनै प्रभाव पारेको देखिँदैन । वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्काशन गरेको आईपीओमा पहिलो दिन (सोमबार) नै ५.१ गुणा बढी आवेदन परेको छ । कम्पनीले वैदेशिक रोजगारीमा गएका लगानीकर्ताका लागि १ लाख १५ हजार ५९६ कित्ता निष्काशन गरेकोमा पहिलो दिनै ‘ओभर सब्सक्राइभ’ ५ लाख ८९ हजार ८५० कित्ताको आवेदन परेको छ ।कम्पनीको प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा रहेको छ । बुक बिल्डिङ निर्देशिका बमोजिम बोलकबोल प्रणालीमार्फत आवेदन दिन योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

    images
    images

    reliance

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend