images

२०८३ आश्विन १८ गते

images
images
images

एउटै टोलबाट एक करोडको सुन्तला बिक्री

एउटै टोलबाट एक करोडको सुन्तला बिक्री

images
images
बिहिवार, मंसिर २५ २०८२
बिहिवार, मंसिर २५ २०८२
  • सुलीकोट, मङ्सिर २५ गते । गोरखाको गण्डकी गाउँपालिका–२, याङ्दी टोलबाट यस वर्ष एक करोड रुपियाँ बराबरको सुन्तला बिक्री भएको छ । याङ्दीका किसानको मेहनत, उचित हेरचाह र अनुकूल मौसमका कारण यस पटक उत्पादन बढेर एक करोड रुपियाँको सुन्तला बिक्री भएको हो ।  सुन्तला उत्पादक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष एकबहादुर थापाका अनुसार यस वर्ष मात्र याङ्दी टोलका १४० जना सुन्तला किसानको बगैँचाबाट एक करोड रुपियाँ बराबरको सुन्तला बिक्री गरिएको छ ।

    images
    images

    गोरखामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोरखा र कृषि ज्ञान केन्द्र गोरखा तथा विभिन्न सहकारी संस्थाले प्रवर्धन गरेको प्राविधिक सहयोगका कारण उत्पादनमा वृद्धिमा मद्दत पुगेको सुन्तला किसान एकबहादुर थापाले बताउनुभयो ।  वर्ष याङ्दीका सुन्तलामा जौविक मलको प्रयोग किरा नियन्त्रणका लागि समयमै उपचार तथा सिँचाइ व्यवस्थापनमा सुधार भएकाले बगैँचाका रुख स्वास्थ्य रहेकाले सुन्तला उत्पादन पनि उच्च भएको याङ्दीका अर्का सुन्तला किसान तुलबहादुर थापाको भनाइ छ । अघिल्लो वर्षमा सुन्तला उत्पादन राम्रो भए पनि बजार मूल्यमा समस्या भएको थियो । सुन्तला किसान एकबहादुर थापाले भन्नुभयो, “यस पटक व्यापारी सुन्तलाको बोटमा गएर किसानसँग सम्झौता गरी एक लाखदेखि २५ लाखसम्म रकम बुझाएपछि किसानको लगानी सुरक्षित भएको छ ।” याङ्दीमा सुन्तला राम्रो उत्पादन भएपछि विभिन्न ठाउँका व्यापारी आफैँ सुन्तला टिप्ने, ढुवानी आफैँ गर्ने भएकाले किसालाई कुनै समस्या नदेखिएको किसानले बताएका छन् । गुणस्तरीय फलले बाहिरी बजारमा समेत राम्रो माग पाएको छ । 

    याङ्दी टोलका अधिकांश किसानले सुन्तलालाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । पछिल्लो समय युवा जनशक्ति पनि वैदेशिक रोजगारीको विकल्पका रूपमा सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएका छन् । उत्पादन वृद्धि तथा बजार विस्तारसँंगै किसानको जीवनस्तरमा सकारात्मक परिवर्तन देखिन थालेको स्थानीयले बताएका छन् ।  गण्डकी गाउँपालिकाले पनि सुन्तला उत्पादनलाई दीर्घकालीन रूपमा प्रवर्धन गर्न कृषि सडक, सिँचाइ, भण्डारण केन्द्र तथा प्रविधिमैत्री तालिममा थप लगानी गर्दै आगामी वर्षदेखि उत्पादनलाई ब्रान्ड बनाई ‘गोरखा याङ्दी सुन्तला’ नाममा बजारमै चिनाउने तयारी भएको पालिकाका अध्यक्ष दीपक तिमल्सिनाले बताउनुभयो ।  यस वर्ष उत्पादन र बिक्री दुवै पक्षबाट सफल परिणाम आएकाले किसानमा ठुलो उत्साह छ । किसानले आगामी वर्ष झनै उत्पादन बढी गर्ने लक्ष्यसहित नयाँ बगैँचा विस्तार, गुणस्तरीय बिरुवा तथा आधुनिक प्रविधिको प्रयोगमा जोड दिने योजना बनाएका छन् । एउटा टोलबाट एक करोड रुपियाँभन्दा बढीको सुन्तला बिव्रmी हुनुले गोरखा जिल्लामा सुन्तला खेतीले उज्ज्वल सम्भावना बोक्ने सङ्केत दिएको प्रधानमन्त्री तथा कृषि आधुनिक परियोजना कार्यालय गोरखाका प्रमुख पूर्ण ढुङ्गानाले बताउनुभयो । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend