images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • एभरेष्ट बैंकले दशैँ अघिनै बार्षिक साधारण...

एभरेष्ट बैंकले दशैँ अघिनै बार्षिक साधारण सभा सम्पन्न गर्ने

एभरेष्ट बैंकले दशैँ अघिनै बार्षिक साधारण सभा सम्पन्न गर्ने

images
images
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं ।  एभरेष्ट बैंक लिमिटेडले असोज २० गते ३०औँ वार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ । 

    images
    images

    बार्षिक साधारण सभा आम्रपाली ब्याङ्क्वेट, भाटभटेनी, काठमाडौँमा गर्ने बैंकले जनाएको हो । सभा बिहान ११ बजे सुरु हुनेछ । 

    सभाले प्रस्तावित १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ५.५३ प्रतिशत नगद लाभांश वितरणको लागि स्वीकृति प्रदान गर्नेछ । दशैँ अघिनै वार्षिक साधारण सभा सम्पन्न गरी कम्पनीले शेयधरनीहरूलाई दशैँ खर्च वितरण गर्ने तयारी गरेको हो । 

    images
    images

    साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ८ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् । 

    लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त र निजको पारिश्रमिक निर्धारणको विषय समेत टुङ्ग्याउनेछ ।बोनस शेयर वितरणपछि कम्पनीको पूँँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधनको प्रस्ताव पनि सभाले पारित गर्नेछ । 

    साथै, सर्वसाधारण शेयरधनीको तर्फबाट दुई जना सञ्चालक निर्वाचनको प्रस्ताव पनि सभाका लागि तय भएको छ । हाल कम्पनीको चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँ रहेको छ । सोही पूँजीका आधारमा कम्पनीले लाभांश वितरण गर्न लागेको हो । यस अघिका दुई आर्थिक वर्ष २० प्रतिशतभन्दा बढी लाभांश वितरण गरेको कम्पनीले यस वर्ष लाभांश घटाएको हो । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend