images

२०८३ आश्विन १८ गते

images
images
images

उदयपुरका दनुवार समुदाय नेमान पर्व मनाउँदै

उदयपुरका दनुवार समुदाय नेमान पर्व मनाउँदै

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • उदयपुरका अतिसीमान्तकृत दनुवार समुदाय न्वाङ्गी (नेमान) पर्व मनाउँदै छन् । समुदायले धान काटेर भित्र्याएसँगै यो पर्व मनाउने गर्दछन् ।जिल्लास्थित दनुवार जागरण समाजका अध्यक्ष कृष्णराज दनुवारका अनुसार यस वर्षदेखि जिल्लामा हरेक वर्ष २५ मङ्सिरका दिन नेमान पर्व मनाउने निर्णय भएको छ । “जिल्लामा पहिलोपटक २५ मङ्सिरलाई दनुवारको न्वाङ्गी मनाउने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “अब प्रदेश र केन्द्रसँग समन्वय गरेर यसलाई देशैभरिका दनुवारले मनाउने पर्वका रूपमा एकरुपता ल्याउन पहल गर्नेछौँ ।”दनुवार समुदायले धान पाकेपछि मुट्ठी लिएर खेतमा पूजा गर्ने प्रचलन रहेको जनाउँदै अध्यक्ष दनुवारले हाम्रो समुदाय कृषि पेसामा आधारित भएकाले पर्वलाई महत्त्वका साथ मनाउने गरिएको जानकारी दिनुभयो । 

    images
    images

    धान पाक्न थालेपछि गाउँका अगुवाको नेतृत्वमा कुन दिन मुट्ठी लिने र न्वाङ्गी खाने भन्ने निर्णय गरिन्छ । सोही दिन न्वाङ्गी खाने प्रचलन रहेको दनुवार समुदायका अगुवाहरू बताउँछन् । सोहीअनुसार आजदेखि दनुवार समुदायले मुट्ठी लिएर यो पर्व मनाउन थालेका अध्यक्ष दनुवारले जानकारी दिनुभयो । धानको गाभालाई बाँधेर पूजा गरी घरको मूल ढोकामा बाँधेर राख्ने चलन दनुवार समुदायमा छ । सोही चलनलाई मान्यता दिँदै जिल्लामा दनुवार जागरण समिति, त्रियुगा नगर समिति तथा उत्सव मूल आयोजक समितिले मङ्सिर २५ देखि तीन दिन परिकार महोत्सव आयोजना गरी यो पर्व मनाउँदैछन् । 

        दुई पालिकामा सार्वजनिक बिदा 

    images
    images

    दनुवार समुदायको बाहुल्यता रहेको उदयपुरको दुई पालिकामा २५ मङ्सिर सार्वजनिक बिदा दिइएको छ । जिल्लाको कटारी नगरपालिका र त्रियुगा नगरपालिकाले सार्वजनिक बिदा दिएका हुन् । दनुवार समुदायको परम्परागत सामुदायिक पर्व न्वाङ्गी परेकाले सार्वजनिक बिदा दिइएको कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठले बताउनुभयो । पर्व मनाउनका लागि जिल्लाको त्रियुगा नगरपालिकाले पनि स्थानीयस्तरमा सार्वजनिक बिदा दिइसकेको छ । प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइराला हस्ताक्षरित सूचना जारी गर्दै पालिकाले २५ मङ्सिरमा बिदा दिएको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend