images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट१ खर्ब...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट१ खर्ब तान्दै

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट१ खर्ब तान्दै

images
images
आइतवार, भाद्र ३० २०८१
आइतवार, भाद्र ३० २०८१
  • काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोल मार्फत १ खर्ब रुपैयाँ तरलता खिच्ने भएको हो ।

    images
    images

    निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुनेछ । निक्षेप संकलन उपकरणमा लगानी गर्ने बैंकहरूको साँवा र ब्याज भुक्तानी २० असोजमा हुनेछ ।

    निक्षेप संकलन उपकरणमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सक्नेछन् ।

    images
    images

    राष्ट्र बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा यो धितोको रुपमा प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । उपकरणमा बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिनेछ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend