images

२०८३ आश्विन १९ गते

images
images
images

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङमा धान उत्पादनमा बढ्यो

images
images
बुधवार, मंसिर २४ २०८२
बुधवार, मंसिर २४ २०८२
  • बागलुङ। यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ। समयमा वर्षा हुँदा उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।गत वर्षको तुलनामा यसवर्ष ८४ दशमलव चार मेट्रिकटन धान उत्पादन भएको केन्द्रकी सूचना अधिकारी प्रतिभा शर्माले जानकारी दिइन्। अघिल्लो वर्ष २० हजार मेट्रिकटन धान उत्पादन भएको थियो। यसवर्ष २० हजार ७८४.४ मेट्रिकटन उत्पादन भएको छ।अघिल्लो वर्ष रोपाइँ सकिएपछि धानमा जरा कुहिने रोग लाग्दा उत्पादनमा ह्रास आएको भन्दै यसपाली कम क्षति हुँदा उत्पादन केही परिणाममा बढेको शर्माले बताइन्।

    images
    images

    बागलुङ धान उत्पादनमा आत्मनिर्भर छैन। यहाँका किसानले खुमल ४, जेठो बुढो, लुम्ले २, झिनुवा, खुमल ११, खुमल बासमती १०, मार्सी, जडन लगायतका जात लगाइएकोखेती गर्दै आएको शर्मा बताउनुछिन्। पछिल्लो समय आइब्रिड जातका धानखेती गर्न थालेको उनको भनाइ छ।“धानखेती तर्फ किसानको चासो बढी छ, अघिल्लो वर्षको तुलनामा यसवर्ष झण्डै १०० मेट्रिकटन धान बढी उत्पादन भएको छ, गत वर्षको तुलनामा यसवर्ष वर्षा पनि समयमै भयो, जरा कुहिने रोगले पनि कम क्षति गर्दा उत्पादन बढेको हो” शर्माले भिनन्,“किसानले धान खेतीलाई प्राथमिकता दिएको पाइन्छ, खेती गरेको क्षेत्रफलका हिसाबले उत्पादकत्व ठिकै हो।”जिल्लाको पश्चिम गलकोट, रेशा, सिगाना, जैदी, छिस्तीलगायतका क्षेत्रमा बाहेक धेरै स्थानमा सिँचाइको व्यवस्था छैन। यसवर्ष धान भित्र्याउने समयमा ठूलो वर्षा भए पनि उत्पादन नघटेको गलकोट नगरपालिका–६ का किसान कृष्ण खत्रीले बताए। अघिल्लो वर्षको तुलनामा तीन मुरी धान बढी उत्पादन भएको उनको भनाइ छ।

    जैमिनी नगरपालिका–७ का नरेन्द्र पौडेलले गतवर्ष १३ मुरी धान उत्पादन भएको खेतमा यसवर्ष १६ मुरी फलेको बताए । गत वर्ष वर्षा ढिलो हुँदा सिँचाइमा गर्न नपाएको भन्दै यसवर्ष त्यस्तो समस्या नभएको सुनाए।बागलुङमा ४६ हजार १४८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३० हजार पाँच सय २३ हेक्टर क्षेत्रफलमा मात्र खेती हुँदै आएको छ। छ हजार एक सय ४८ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइ सुविधा छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend