काठमाडौं। एसवाई प्यानल नेपालको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । आज मंगलबार कम्पनीको एक करोड ३० लाख ८१ हजार३७१ कित्ता सेयर सूचिकृत भएको हो ।कम्पनीले सर्वसाधारण सेयरधनीहरुमा वितरण गरेको ५२ लाख ३२ हजार ५४५ कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ७८ लाख ४८ हजार ८२३ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हो ।
कम्पनीको सूचिकृत सेयर बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुनेछ।नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०६.६१ रुपैयाँदेखि ३१९.८३ रुपैयाँसम्मको रेन्ज तोकेको छ। कम्पनीको सेयर सिम्बलबाट कारोबार हुने छ।




.gif)



