काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको कामु सीईओमा अनिल जोशी नियुक्त भएका छन् ।
कम्पनीका सीईओ लिलामणि न्यौपानेको कार्यकाल मंसिर २२ बाट सकिएकाले हिजै बसको सञ्चालक समितिको बैठकले नायब सीईओ जोशीलाई कामुको जिम्मेवारी दिने निर्णय भएको कम्पनी सचिव खिमबहादुर कार्कीले जनाएका छन् । जोशीले लामो समय बैंक तथा वित्त क्षेत्रमा काम गरेका छन् ।




.gif)



