images

२०८३ आश्विन १८ गते

images
images
images

सेवा अवरूद्ध भएपछि चार अर्ब ३० करोड डलरले घट्यो इन्डिगोको बजार भाउ

सेवा अवरूद्ध भएपछि चार अर्ब ३० करोड डलरले घट्यो इन्डिगोको बजार भाउ

images
images
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • गत हप्ता सेवा अवरूद्ध भएपछि भारतको सबैभन्दा ठूलो वायुसेवा कम्पनी इन्डिगो सञ्चालन गर्ने इन्टरग्लोब एभिएसन लिमिटेडको सेयरमा भारी गिरावट आएको छ।सोमबार कम्पनीको सेयर ७.६ प्रतिशतसम्म घटेपछि पछिल्लो सात दिनमा यसको बजार भाउ चार अर्ब ३० करोड डलर घटेको भनेर ब्लुमबर्गले लेखेको छ।भारतको आन्तरिक बजारको लगभग ६६ प्रतिशत हिस्सा ओगटेको इन्डिगोले ठूलो संख्यामा उडान रद्द गर्दा गत हप्ता भारतका प्रमुख विमानस्थलहरूमा हजारौं यात्रुहरू अलपत्र परेका थिए।

    images
    images

    शुक्रबार मात्रै एक हजार भन्दा बढी उडानहरू रद्द गरिएका थिए। त्यो भनेको इन्डिगोको सामान्य दिनको सेवाको लगभग आधा हिस्सा हो। त्यसपछि देशको नागरिक उड्डयन नियामक निकायले इन्डिगोका प्रमुख कार्यकारी अधिकृत पिटर एल्बर्ससँग स्पष्टीकरण समेत मागेको छ।मुख्यतया पाइलटको अनिवार्य आराम समय बढाउने र रात्रिकालीन अवतरणहरूको संख्या घटाउने नयाँ नियमहरू शुरू भएपछि पाइलटको अभावका कारण गत मंगलबार राति देखि इन्डिगोको सेवा प्रभावित भएको थियो।नियामकले नयाँ नियम लगाउन धेरै समय अघि घोषणा गरे पनि थोरै कर्मचारी राखेर कम खर्चमा सेवा संचालन गर्ने सो कम्पनीले पर्याप्त संख्यामा नयाँ पाइलट नथपेपछि सेवामा असर परेको थियो।

    कम्पनीले आइतबार एक विज्ञप्ति जारी गर्दै बुधवारसम्म सञ्चालन सामान्य अवस्थामा फर्किने अपेक्षा गरेको बताएको थियो। नरेन्द्र मोदी नेतृत्वको केन्द्रिय सरकारले पनि कम्पनीको स्थिरताका लागि ती नियमहरू अहिलेलाई स्थगित गरेको छ।मोदीको भारतीय जनता पार्टीलाई ठूलो रकम चन्दा दिने गरेको कम्पनीलाई त्यति धेरै जनतालाई दुख दिएकोमा कारवाही गर्नुको साटो  सजिलो पार्न नियम नै स्थगित गरेको भनेर सो कदमको विपक्षीहरूले आलोचना गरेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend