images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण...

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर

वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर

images
images
सोमवार, मंसिर २२ २०८२
सोमवार, मंसिर २२ २०८२
  • काठमाण्डौ । वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले आजदेखि साधारण शेयर बिक्री गर्ने भएको छ ।कम्पनीले एक लाख १५ हजार ५ सय ९६ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गर्न लागेको हो । विदेशमा रहेका नेपालीले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । यो परिमाणको साधारण शेयरमा छिटोमा यही मङ्सिर २५ गतेसम्म बढीमा आउँदो पुस ७ गतेसम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    images
    images

    साधारण शेयरमा लगानी गर्न चाहनेले धितोपत्र बोर्डमा दर्ता भएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालय तथा मेरो शेयरको अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । यो कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।कम्पनीले जारी पूँजी एक अर्ब ९० करोड रुपैयाँको १० दशमलव १४ प्रतिशत र १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६ सय कित्तामध्ये ११ लाख ५५ हजार ९ सय ६० कित्ता साधारण शेयर बिक्री गर्न लागेको छ ।साधारण शेयरको १० प्रतिशत अर्थात एक लाख १५ हजार ५ सय ९६ कित्ता साधारण शेयर आजदेखि वैदेशिक रोजगारीमा रहेका नागरिकलाई बिक्री गर्न लागिएको हो ।  

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend