images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • हेटौँडा उपमहानगरपालिकाको ९ बुँदे पुनर्स्थापना सहजीकरण...

हेटौँडा उपमहानगरपालिकाको ९ बुँदे पुनर्स्थापना सहजीकरण कार्यक्रम

हेटौँडा उपमहानगरपालिकाको ९ बुँदे पुनर्स्थापना सहजीकरण कार्यक्रम

images
images
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • मकवानपुर । हेटौँडाको २५ गज राजमार्ग विस्तारबाट प्रभावित भएका घरधनी तथा व्यवसायीका लागि हेटौँडा उपमहानगरपालिकाले नौ बुँदे पुनर्स्थापना सहजीकरण कार्यक्रम सार्वजनिक गरेको छ ।सडक विस्तारका कारण जग्गा पूर्ण रूपमा सडक क्षेत्रमा परेर अन्यत्र आफ्नै घर–जग्गा नभएका पीडितको पुनर्वासमा सहजीकरण गर्ने निर्णय उपमहानगरपालिकाले गरेको छ । यसका लागि वडा कार्यालयमार्फत वास्तविक पीडितको विवरण सङ्कलन गरी आवास व्यवस्थापनमा सहजीकरण गरिने छ ।

    images
    images

    आइतबार बसेको नगर कार्यपालिकाको ७६ औँ बैठकले सडक विस्तारपछि उत्पन्न परिस्थितिलाई व्यवस्थित गर्दै प्रभावितलाई थप सहज बनाउन विविध राहत तथा सहुलियतसम्बन्धी व्यवस्था अघि सारेको छ । बैठक अनुसार, घर भत्किएका घरधनीलाई सहुलियतपूर्ण ब्याजदरमा आवास निर्माण ऋण उपलब्ध गराउन नेपाल राष्ट्र बैङ्कलाई अनुरोध गर्ने निर्णय गरिएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए ।त्यस्तै, विस्तारका कारण व्यवसाय बन्द भई विस्थापित भएका व्यापारीहरूको लगत सङ्कलन गरी व्यवसाय कर छुट दिने प्रस्ताव नगर सभामा पेस गरिने उपमहानगरपालिकाले जनाएको छ । नयाँ घर बनाउने प्रभावितका लागि २ हजार वर्ग फिटसम्म नक्सा पास दस्तुर छुट दिनका लागि नगर सभामा पेस गर्ने निर्णय गरिएको छ ।

    प्रभावितलाई समयमै घर पुनर्निर्माण सुरु गने कार्यलाई सहज बनाउन ‘फास्ट ट्र्याक’ प्रक्रिया मार्फत प्राविधिक सहयोग सहित नक्सा पास सेवा उपलब्ध गराइने प्रवक्ता न्यौपानेले बताए । निर्माण सामग्री सुलभ मूल्यमा उपलब्ध गराउन आपूर्तिकर्तासँग समन्वय गर्ने निर्णय पनि बैठकले गरेको छ ।त्यसै गरी, हेटौँडा हुँदै जाने त्रिभुवन राजपथलाई ‘पर्यटकीय राजमार्ग’ का रूपमा विकास गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने, सडक विस्तार भएको क्षेत्रमा सहरको पहिचान झल्किने एकरूपका भवन मोडेल तयार गरी कार्यान्वयनमा लैजाने र सडक बिस्तारबाट प्रभावितहरूको व्यवसाय निरन्तरताको लागि उद्योग–वाणिज्य सङ्घ तथा सरोकारवालाहरूसँग निरन्तर छलफल गरी बजार सेवा निरन्तर गर्नका लागि सहजीकरण गर्ने निर्णय गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend