images

२०८३ आश्विन १८ गते

images
images
images
  • स्वास्थ्य
  • किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै...

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय

images
images
आइतवार, मंसिर २१ २०८२
आइतवार, मंसिर २१ २०८२
  • भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले यसवर्षदेखि नमूनाका रुपमा ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ ।बामगती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले आज सञ्चारकर्मीलाई यसबारेमा जानकारी दिँदै किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यलाई सुरक्षित गर्ने मूल उद्देश्यले पार्क सञ्चालन गर्न लागिएको जानकारी दिए । 

    images
    images

    किशोर किशारीमा असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन, यौन रोगको प्रकोप बढ्दै गएको अबस्थामा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा आजको आवश्यकता महसुस गर्दै डिजिटल पार्कको अवधारणा ल्याइएको हो । उनले यसै वर्षदेखि नै स्थानीय पालिकासँगको समन्वय र साझेदारीमा कार्यान्वयनमा ल्याउने बताए । मन्त्री थापाले भने, “किशार किशोरीमा यौनिकता र शरीरको विकासका क्रममा देखिने परिवर्तन, रजस्वला र स्वच्छता, बाल विवाह, जवर्जस्ती कणी, र सुरक्षित प्रजनन स्वास्थ्य, धूम्रपान तथा मद्यपानका असरहरू, यौन दुव्र्यबहार, सचेतनाकाबारेमा विशेषज्ञ विचार, तथ्य र समाधानसम्बन्धी पडकास्टहरूको निर्माण गर्ने, डिजिटल बोर्डमार्फत किशोरकिशोरी जमघट हुने पार्कमा त्यसलाई राखिनेछ ।”

    बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले किशोर किशोरीको शारीरिक र मानसिक विकासमा र उचित परामर्श एवं सन्देश प्रवाह गर्ने गरी देशभरमै पहिलो पटक मन्त्रालयले यो कार्यक्रम ल्याएको जानकारी दिइन् ।वागमती प्रदेश स्वास्थ्य निर्देशनालयको महातहतमा सञ्चालनमा आउने यस कार्यक्रमका लागि मन्त्रालयले रु २५ लाख बजेट विनियोजन गरको छ । कार्यक्रम सम्बन्धित पालिकाको साझेदारी र समन्वयमा कार्यान्वयन हुने निर्देशनालयका निर्देशक डा नरेन्द्र झाले जानकारी दिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend