images

२०८३ आश्विन १८ गते

images
images
images

वसन्तपुर कालभैरवको दर्शनले शुभताको कामना

वसन्तपुर कालभैरवको दर्शनले शुभताको कामना

images
images
शनिवार, मंसिर २० २०८२
शनिवार, मंसिर २० २०८२
  • काठमाडौँ, २० मंसिर । शनिबार राजधानीको ऐतिहासिक तथा धार्मिक केन्द्र वसन्तपुरस्थित कालभैरव मन्दिरमा आज बिहान देखि नै भक्तजनहरूको भीड लागेको छ। पवित्र शनिबारको अवसरमा कालभैरवको दर्शन गरी दिव्य आशिर्वाद प्राप्त गर्ने उद्देश्यले भक्तजनहरू आराधनामा तल्लिन देखिएका छन्।

    images
    images

    भक्तजनहरूले “कालभैरवको दर्शनले दिन शुभ, सहज र उर्जामय बनोस्” भन्दै पूजा–अर्चना गरेका छन्। मन्दिर परिसरमा बिहानै देखि नै विशेष पूजा, धूप–दीप र मन्त्र–उच्चारणसँगै आध्यात्मिक वातावरण झनै मनोमोहक बनेको छ।

    मन्दिर व्यवस्थापन समितिका अनुसार शनिबार विशेषगरी स्वास्थ्य, सु–सम्पत्ति तथा शक्ति प्राप्तिको कामनासहित दान–पुण्य गर्नेहरूको बाक्लो उपस्थिति रहने गर्दछ।

    images
    images

    ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कालभैरव मूर्ति वसन्तपुर दरबार क्षेत्रको प्रमुख आकर्षण मानिन्छ, जहाँ दैनिक रूपमा देश–विदेशका पर्यटक तथा भक्तजनहरू दर्शनका लागि आउने गर्छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend