images

२०८३ आश्विन १८ गते

images
images
images

आज किराँत समुदायको उँधौली पर्व सरकारले देशभर सार्वजनिक बिदा

आज किराँत समुदायको उँधौली पर्व सरकारले देशभर सार्वजनिक बिदा

images
images
बिहिवार, मंसिर १८ २०८२
बिहिवार, मंसिर १८ २०८२
  • काठमाडौँ । मंसिर १८, मार्गशीर्ष शुक्ल पूर्णिमाका अवसरमा आज किराँत समुदायले पितृको सम्मान र प्रकृतिको कृतज्ञताका प्रतीकका रूपमा उँधौली पर्व देशभर धुमधामसँग मनाइरहेका छन्।

    images
    images

    किराँत समुदायका विभिन्न उपसमुदायले यो पर्वलाई फरक फरक नामले मनाउने प्रचलन छ। याक्खा समुदायले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला, र लिम्बूहरूले चासोक तङ्नाम नामले पर्व मनाउने गर्छन्। लिम्बू समुदायले चासोक तङ्नाम तीन दिनअघि नै सुरु गरिसकेका थिए, जसको आज मुख्य दिन परेको छ। किराँत संस्कृति अनुसन्धानकर्ता कीर्तिकुमार दुमी राईका अनुसार नाम फरक भए पनि यसको मूल भाव भने एउटै रहेको छ उँधौली पर्व।

    किराँत समुदायले वर्षभर लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने र पितृ सम्झने परम्पराअनुसार यो पर्व मनाइन्छ। खेतीबाली रोपाइँको सुरुआतमा मनाइने उँभौली (यावा) को विपरीत, उधौलीलाई बाली पाकेपछि दिने धन्यवादको पर्वका रूपमा लिइन्छ।

    images
    images

    बिहानैदेखि किराँत पुरुष महिला जातीय पहिरनमा सजिएर च्याब्रुङ र अन्य परम्परागत बाजागाजाको तालमा धाननाच नाच्दै पूजास्थलमा पुग्ने चलन छ। रीतिरिवाज एउटै भए पनि भाषा संस्कृति अनुसार पर्वलाई पुकार्ने नाम पृथक् छन्।

    ललितपुरको सानो हात्तीवनलाई किराँतकालीन ऐतिहासिक तीर्थस्थलका रूपमा मानिँदा आज त्यहाँ विशेष रुपमा उधौली मनाइँदैछ। लिम्बू समुदायले युमासामाङ र थेवासामाङ लाई इष्टदेवता मान्छन् भने किराँतहरू तागेरा निङ्वाफुमाङ लाई अदृश्य शक्तिका रूपमा पूज्ने गर्छन्, जसका कारण यस देवताको कुनै प्रतिमा वा आकृति हुँदैन।

    पूजापछि सहभागीहरूले परम्परागत चण्डीनाच, च्याब्रुङ नाच, ढोल नाच लगायतका सांस्कृतिक प्रस्तुतिहरू गर्दै पर्व मनाउने गर्छन्। यस अवसरमा विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजित गर्ने परम्परा पनि छ।

    किराँत समुदायमा गर्मीयाममा माथिल्लो लेकतर्फ जाने र जाडोमा तल्लो भूभाग तराई वा बेशीतिर झर्ने जीवनशैली सँगै उँभौली र उधौली पर्वको सम्बन्ध रहेको बताइन्छ। उँभौलीमा खेतीपाती राम्रो होस् भनी प्रार्थना गरिन्छ भने उधौलीमा सफल बाली उत्पादनको लागि भूमि देवी प्रति कृतज्ञता व्यक्त गरिन्छ।

    उधौली पर्व, खस आर्य समुदायले मनाउने धान्य पूर्णिमा, र नेवार समुदायले मनाउने यः मरि पुन्हि (योमरी पूर्णिमा) को मूल भावना भने समान छ,नयाँ धान्यको आदर र देवी देवतालाई अर्पण।

    यस अवसरमा सरकारले विगतमा कटौती गरिएको सार्वजनिक बिदा पुनः प्रदान गर्दै आज देशभर सार्वजनिक बिदा दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend