images

२०८३ आश्विन १५ गते

images
images
images

पर्यटन बोर्डका पदाधिकारीलाई हवाई टिकटमा विशेष छुट

पर्यटन बोर्डका पदाधिकारीलाई हवाई टिकटमा विशेष छुट

images
images
बुधवार, मंसिर १७ २०८२
बुधवार, मंसिर १७ २०८२
  • अब नेपाल पर्यटन बोर्डका पदाधिकारी तथा कर्मचारीले नेपाल वायुसेवा निगमको हवाई टिकटमा विशेष छुट पाउने भएका छन् । यसका लागि निगम र बोर्डबीच पर्यटन 'प्रवर्द्धन तथा हवाई सेवामा सहकार्य' सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरे । 

    images
    images

    सम्झौताअनुसार पर्यटन प्रवर्द्धनका निम्ति यात्रा गर्दा वा त्यस्ता कार्यक्रममा सहभागी हुन जाने बोर्डका पदाधिकारी र कर्मचारीले निगमको हवाई टिकटमा छुट पाउनेछन् । साथै, अब दुवै संस्थाले आपसी ब्रान्ड प्रमोशन, बजार अभिमुखीकरण, परिचयात्मक भ्रमण र संस्थागत साझेदारीलाई अझ प्रभावकारी बनाउन संयुक्त गतिविधि सञ्चालन गर्ने छन् । 

    यो सहकार्यले पर्यटन प्रवर्द्धन, यात्रु वृद्धि, बजार विस्तार, गन्तव्य विविधिकरण र नेपालमैत्री अन्तर्राष्ट्रिय छवि निर्माणमा महत्त्वपूर्ण योगदान पुर्याउने निगमको विश्वास छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend