images

२०८३ आश्विन १८ गते

images
images
images

पाटन दरबार क्षेत्रमा कला तथा संस्कृति मेला हुने

पाटन दरबार क्षेत्रमा कला तथा संस्कृति मेला हुने

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • ललितपुर। ललितपुरको पाटन दरबार क्षेत्रमा आज बुधबारदेखि कला तथा संस्कृति मेला हुने भएको छ ।ललितपुर महानगरपालिका– १६ वडा कार्यालयको सहयोगमा नेपाल हस्तकला महासंघले सो मेला गर्न लागेको मंगलबार आयोजित पत्रकार भेटघाटमा जानकारी दिइयो । सो मेलाका लागि पाटन संग्रहालय विकास समिति सहयोगीको भूमिकामा रहेको छ।
     
    हस्तकलाजन्य सामग्रीको प्रवर्धन गर्ने उद्देश्यले मेला पाँच दिनसम्म चल्नेछ। मेलामा करिब २१ क्यानओपी र १० वटा टेबुल स्टल रहने महासंघ अध्यक्ष रविन्द्र शाक्यले बताए । उनका अनुसार प्रदर्शनीमा विभिन्न विधाका हस्तकला वस्तुहरुसंगै विभिन्न मेलामा प्रयोग हुने गरगहना प्रदर्शनी हुनेछ।त्यसैगरी कोरियास्थित इम्याकोको सहकार्यमा मुखौटा(मास्क) प्रदर्शनी गर्ने कार्यक्रम पनि रहेको छ । मास्क मुखौटा प्रदर्शनीमा नेपालका ६० वटा र दक्षिण कोरियाको ४० वटा मास्क प्रदर्शनी गरिने आयोजकले जनाएको छ ।
     
    सो अवसरमा ललितपुर महानगरपालिका– १६ का वडाअध्यक्ष निर्मलरत्न शाक्यले हस्तकला व्यवसायीको प्रवर्धन तथा स्थानीय संस्कृतिको प्रवर्धन गर्न मेला आयोजना गरेको बताए।मेलाका लागि वडाले ८ लाख रुपैयाँ विनियोजित गरेको जनाएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend