images

२०८३ आश्विन १९ गते

images
images
images

रिलायन्सको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रिया सुरु

रिलायन्सको आईपीओ नेप्सेमा सूचीकरण प्रक्रिया सुरु

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • काठमाडौँ। उच्च अदालत पाटनको आदेशअनुसार रिलायन्स स्पिनिङ मिल्सको रोकिएको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) नेप्सेमा सूचीकरणको प्रक्रिया सुरु भएको छ।अदालतको आदेश कार्यान्वयनका क्रममा धितोपत्र बोर्डले मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरणको प्रक्रिया अघि बढाउन भनेको हो।धितोपत्र बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, “उच्च अदालत पाटनबाट मिति २०८१ असार १२ मा भएको स्वीकृतिबमोजिम निवेदक कम्पनीको सेयर निष्कासन सम्बन्धमा कानुनबमोजिम आवश्यक निकासा दिनू भनी परमादेशको आदेश जारी भएअनुसार उक्त कम्पनीको सार्वजनिक निष्कासनसम्बन्धी प्रक्रिया अगाडि बढाउनुहुन जानकारी गराइन्छ।”

    images
    images

    रिलायन्सले एक वर्षअघि नै प्रतिकत्ता ८२०.८० रुपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको थियो। संस्थागत लगानीकर्ताले प्रतिकित्ता ९१२ रुपैयाँका दरले आईपीओ किनिसकेका छन्।

    रिलायन्स स्पिनिङ मिल्स अग्रणी औद्योगिक घराना गोल्याण ग्रुपको संस्था हो। २०५४ मा स्थापित उद्योगले पछिल्लो समय उत्पादन र नाफामा सुधार गर्दै आएको छ। कम्पनीद्वारा सार्वजनिक वार्षिक वित्तीय विवरणअनुसार गत आव ०८१/८२ मा एक अर्ब ४८ करोड रुपैयाँ नाफा गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब ४२ प्रतिशत बढी हो। अघिल्लो वर्ष कम्पनीको नाफा ८६ करोड ५० लाख रुपैयाँ थियो। रिलायन्सको नेतृत्व हाल गोल्याण समूहका तेस्रो पुस्ताका प्रतिनिधि अक्षय गोल्याणले गरिरहेका छन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend