images

२०८३ आश्विन १९ गते

images
images
images

नवलपुरमा धान उत्पादन बढ्यो

नवलपुरमा धान उत्पादन बढ्यो

images
images
मंगलवार, मंसिर १६ २०८२
मंगलवार, मंसिर १६ २०८२
  • त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ सञ्जय ढकालका अनुसार यस वर्ष जिल्लामा ७८ हजार ५०६ मेट्रिक टन धान उत्पादन भएको छ । गत आर्थिक वर्षमा नवलपुरमा ७१ हजार १२१ मेट्रिकटन धान उत्पादन भएको थियो । यस वर्ष  सात हजार ३८५ मेट्रिकटन धान उत्पादन वृद्धि भएको कृषि अर्थ विज्ञ ढकालले बताए।

    images
    images

    नवलपुरमा यस वर्ष १८ हजार ६९२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो । गत आर्थिक वर्ष २०८१-८२ मा १८ हजार ७१६ हेक्टर क्षेत्रफलमा धान खेती भएको भए पनि असोजको बाढीका कारण डुबान, प्रतिकुल मौसमका कारण सावा मन्सुली धानमा बाला नलाग्ने समस्या देखिँदा उत्पादन कम भएको थियो । यसवर्ष आकाशे पानीको भरमा सिँचाइ गरिने ठाउँमा रोपाइँको क्षेत्रफल घटेको भए पनि उत्पादकत्व बढी भएकाले उत्पादन ढकालको भनाइ छ । 

    गत वर्ष धानको उत्पादकत्व ३ दशमलब ८ मेट्रिक टन प्रति हेक्टर  भएकोमा यसवर्ष उत्पादकत्व बढेर ४ दशमलब २ मेट्रिक टन प्रति हेक्टर पुगेको छ । नवलपुरमा सावित्री, सावा मन्सुली, हर्दिनाथ, राम धान, हाइब्रिड तथा स्थानीय जातका धान लगाउने गरिन्छ । जिल्लामा बर्खे धानसँगै करिब एक हजार २१० हेक्टर क्षेत्रफलमा चैते धानखेतीसमेत हुँदै आएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend