अस्ट्रेलिया। मेलबर्नस्थित भिक्टोरिया राज्यको पार्लियामेन्ट हाउसमा नेपाल–अस्ट्रेलिया सम्बन्ध सुदृढीकरणका विषयमा नेपाली प्रतिनिधिमण्डल र अस्ट्रेलियाली सांसद क्याथलिन माथ्युज–वार्डबीच भेटवार्ता सम्पन्न भएको छ। भेटवार्तामा सांसद माथ्युज–वार्ड अस्ट्रेलियाको नेपालप्रति मैत्री समूह(Parliamentary Friends of Nepal)की अध्यक्ष समेत हुन्।
नेपाली प्रतिनिधिमण्डलमा लुम्बिनी–कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठ,CSIRO का वरिष्ठ वैज्ञानिक डा.राजु अधिकारी, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, गोदावरी नगरपालिकाका वडा अध्यक्ष शेखर नेउपाने, दान घिसिङ्, महिला उद्यमी रचना श्रेष्ठ आदिको उपस्थिति थियो।
बैठकमा दुवै देशबीच आपसी हितका क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको थियो। नेपाली प्रतिनिधिमण्डलले नेपालमा एक समय अत्यन्त लोकप्रिय रहेको Australia–Nepal Forest Development Project पुनः सञ्चालन गर्न सके उपयोगी हुने धारणा राख्यो।
सांसद क्याथलिनले भेटका क्रममा उपयुक्त प्रस्तावहरू औपचारिक प्रक्रिया हुँदै आफू समक्ष आएमा तिनीहरूलाई मूर्त रूप दिन सक्दो पहल गर्ने प्रतिबद्धता जनाइन्।
विन्डम सिटी काउन्सिलद्वारा गोदावरी नगरपालिकासँग भगिनी–सम्बन्धको निर्णय
पहिलो चरणको बैठकपछि विन्डम सिटी काउन्सिलले आफ्नो नियमित बैठक मार्फत नेपालको गोदावरी नगरपालिकासँग भगिनी–सम्बन्ध(Sister City Relationship)स्थापना गर्ने ऐतिहासिक निर्णय सर्वसम्मत रूपमा पारित गरेको छ। दुवै पक्षले अब यस सम्बन्धलाई व्यवहारिक रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
Werribee Asia-Pacific Expo 2025 मा नेपाली व्यक्तित्वहरू सम्मानित बैठकअघि सांसद क्याथलिन माथ्युज–वार्डको प्रमुख आतिथ्यतामा आयोजित Werribee Asia-Pacific Expo 2025 मा विभिन्न क्षेत्रमा योगदान पुर्याउँदै आएका नेपाली तथा नेपालप्रेमी व्यक्तित्वलाई सम्मान गरिएको थियो।
सम्मान प्राप्त गर्नेहरूः रामकुमार श्रेष्ठ,विश्व संयोजक,लुम्बिनी–कपिलवस्तु विश्व अभियान,डा.राजु अधिकारी, वरिष्ठ वैज्ञानिक, CSIRO,मोहन तामाङ,युवा वैज्ञानिक(अन्तरिक्ष अनुसन्धान) ग्राहेम केन्ट,२५ वर्षदेखि नेपाललाई सहयोग गर्दै आएका अस्ट्रेलियाली,यसअघि विश्व संयोजक श्रेष्ठले बुद्ध जन्मस्थल सम्बन्धी विश्वव्यापी दिग्भ्रम हटाउन पुर्याएको योगदानका लागि Heritage and Truth Ambassador Award प्राप्त गरेका थिए।
उक्त कार्यक्रममा अमित प्रधानलाई Artistic Innovation & Cultural Voice Award र प्रेरणा मल्ललाई Wellbeing & Community Empowerment Award प्रदान गरिएको थियो।
‘Awesome’कार्यक्रम बौद्ध दर्शनमा आधारित–आयोजक, S-Events का निर्देशक सुनोद श्रेष्ठका अनुसार Awesome कार्यक्रमको अवधारणा नेवार समुदायको म्ह पूजा सँग मिल्दोजुल्दो छ, जसले व्यक्तिभित्रको आन्तरिक शक्तिलाई पहिचान र जागरण गराउन प्रेरित गर्छ।
Maven Consulting Group का CEO विक्की श्रेष्ठका अनुसार उक्त कार्यक्रम बौद्ध दर्शनको “Be a light unto yourself”(आफैँ आफ्नो प्रकाश बन्ने) भन्ने अन्तिम शिक्षाबाट प्रेरित छ।




.gif)





