images

२०८३ आश्विन १८ गते

images
images
images

२८०० वर्ष पुरानो इतिहास भएको तिलौराकोट ओझेलमा

२८०० वर्ष पुरानो इतिहास भएको तिलौराकोट ओझेलमा

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौं । ऐतिहासिक र पुरातात्विक तिलौराकोटलाई प्राचीन कपिलवस्तु राज्यको राजधानीका रूपमा चिनिन्छ जहाँ शाक्यमुनि गौतम बुद्धका पिता शुद्धोधनको राजाप्रसाद थियो  । यसै दरवारमा सिद्धार्थले बाल्यकालदेखि २९ वर्ष बिताएका थिए । पारिवारिक तथा राजकीय सुखसयल छाडेर बुद्ध दरबारको पूर्वतिरको द्वारबाट महाभिनिष्क्रमणमा निस्केको विश्वास छ । यहाँ इसापूर्व आठौँ शताब्दीमा सुसंस्कृतिले सम्पन्न मानव बस्ती भएको तथ्य फेला परेको छ । केही वर्ष पहिले पुरातत्व विभाग, बेलायतको दुरहाम विश्वविद्यालय, लुम्बिनी विकास कोष र राष्ट्रिय अन्तर्राष्ट्रिय विज्ञको संयुक्त टोलीले गरेको पुरातात्विक उत्खननबाट पाइएका विभिन्न सामग्रीको वैज्ञानिक अनुसन्धानपछि नयाँ तथ्यहरु  प्रकाशमा आएका छन् ।

    images
    images

    ‘युनेस्को जापानिज फण्ड इन ट्रष्ट’को आर्थिक सहयोगमा करीव तीन वर्षदेखि भइरहेको उत्खननले उक्त स्थानमा प्राचीन समयदेखि नै मानव सभ्यताको क्रमिक विकास भएको प्रमाण प्राप्त भएका छन् ।त्यस क्षेत्रमा अहिले फलामका किल्ला, माटोका भाँडा र इँटाका टुक्रा, फुटेका चुरालगायत सामग्री संकलन गरिएको छ । त्रिभुवन विश्वविद्यालय र लुम्बिनी बौद्ध विश्वविद्यालयका संस्कृति र पुरातत्व विषयका विद्यार्थीसमेत उत्खननमा क्रियाशील भएका थिए । नेपाललाई अन्तराष्ट्रिय समुदायमा चिनाउने यति ठूलो महत्वको क्षेत्र पनि ओझेलमा परेको नेकपा(एमाले) का स्थानीय नेता डिल्लीराज रेग्मीले बताए । अहिलेसम्म पनि तिलौराकोट आउने बाटो कालोपत्रे नहुनु , कुनै तहको सरकारको नजरमा यो नपर्नु ज्यादै खेदजनक कुरा भएको रेग्मीले बताए ।  

    विज्ञहरुका अनुसार तिलौराकोटमा इपू छैठौं शताब्दीमा योजनाबद्ध शहरीकरण शुरु भएको थियो । उक्त क्षेत्रको चारैतर्फ किल्ला र पर्खालले घेरिएको, उत्तरतर्फ स्तूप, दक्षिणमा औद्योगिकस्थल, पूर्वमा विहार र पश्चिममा बसोबास रहेको थियो । उत्खननका क्रममा, स्तूपको नजिकै थुप्रै पर्खाल, पोखरीको किनारका साथै विहारको जगमा चाँदीका ४९७ पञ्चमार्क मुद्रा पनि भेटिएको थियो । शहरको दक्षिणतर्फको ढिस्कामा फलाम प्रशोधन गर्दा बचेका अवशेष फेला परेपछि त्यहाँ महत्वपूर्ण औद्योगिकस्थल रहेको अनुमान गरिएको छ । उत्खननका क्रममा करिब आठ टन धातुअंश प्राप्त भएपछि ठूलो मात्रामा धातु पगाल्ने काम भएको अनुमान गर्न सकिन्छ । 

    images
    images

    गौतम बुद्धसँग सम्बन्धित भएका कारण उक्त स्थल विश्वप्रसिद्ध भएको हो । स्थानीय बाणगंगा (प्राचीन भागीरथी) नदीको किनारमा रहेको तिलौराकोट परिसरभित्र मुख्य भग्नावशेषका रूपमा पूर्वीद्वार, पश्चिमीद्वार, मध्य भागको संरचना परिसर र गत वर्ष संरक्षण गरिएका केही संरचना देखिन्छन् तर भूभौतिक सर्वेक्षणबाट जमीनको सतहभित्र व्यवस्थित शहर रहेको प्रकाशमा आएको बताइन्छ । उत्खननबाट आउने परिणामका आधारमा त्यसको महत्वलाई प्रचार तथा प्रवद्र्धन गर्न सकेमा देशकै पर्यटन यद्योगमा टेवा पुग्ने नेता रेग्मीले बताए । पाँचौं शताब्दीमा चिनियाँ यात्री फाहियान र सातौं शताब्दीमा ह्वेन सानले यस क्षेत्रमा गरेका यात्राका आधारमा तयार भएका विवरण तथा प्रतिवेदनले पनि त्यहाँको खोज र अनुसन्धानलाई सहज बनाएको छ ।

    हाल लुम्बिनी प्रदेशमा अवस्थित कपिलवस्तु जिल्लाको क्षेत्रफल ६७१ वर्ग किमी छ । नेपालमा भएका जिल्लामध्ये सबैभन्दा बढी पुरातात्विकस्थल यही जिल्लामा प्राप्त भएका छन् । यहाँ भएका पुरातात्विक सम्पदाको सही तरीकाबाट संरक्षण तथा व्यवस्थापन गर्न सकिएमा नेपालको ठूलो पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने रेग्मीले बताए । त्यसको लागि त्यहँ आउने पर्यटकहरुलाई लक्षित गरेर सेवा सुविधाहरु जस्तै स्तरीय होटल तथा वरिपरिको बाटो स्तरीय बनाउन आवश्यक भएको स्थानीयहरुको भनाइ छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend