images

२०८३ आश्विन २० गते

images
images
images

भारतमा चुरोट र गुट्खाको मूल्य आकाशिँदै

भारतमा चुरोट र गुट्खाको मूल्य आकाशिँदै

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • नयाँ दिल्ली । भारत सरकारले संसद्को शीतकालीन सत्रमा 'स्वास्थ्य सुरक्षादेखि राष्ट्रिय सुरक्षा सेस विधेयक, २०२५' पेस गर्ने तयारी गरेको छ । यो विधेयकले तंबाकु तथा पान मसालाजन्य 'सिन गुड्स'माथि ४० प्रतिशत वस्तु तथा सेवा करबाहेक अतिरिक्त सेस लगाउने प्रस्ताव गरेको छ । यसको मुख्य उद्देश्य स्वास्थ्य र राष्ट्रिय सुरक्षामा हुने खर्चका लागि अतिरिक्त स्रोत जुटाउनु रहेको बताइएको छ । 

    images
    images

    नयाँ सेसको उद्देश्य र संरचना

    नयाँ विधेयक अनुसार यो विशेष सेस उत्पादनको मात्रामा नभई मेसिनको उत्पादन क्षमताका आधारमा तय गरिनेछ । यसको अर्थ गुटखा र तंबाकु उत्पादन गर्ने मेसिनहरूमा यो नयाँ सेस लाग्नेछ । सरकारको धारणा अनुसार तंबाकु (गुट्खाजन्य) उद्योगबाट हुने स्वास्थ्य हानि र सुरक्षा चुनौतीहरूका लागि अतिरिक्त कोष आवश्यक छ । हातले बनाइने उत्पादनहरूमा पनि निश्चित मासिक रकमको रूपमा सेस तिर्नुपर्नेछ, जुन हरेक महिना अनिवार्य रूपमा जम्मा गर्नुपर्नेछ ।यदि कुनै मेसिन १५ दिनभन्दा बढी समयसम्म बन्द रहन्छ भने त्यो अवधिका लागि छुट पाउन सक्ने प्रावधान पनि राखिएको छ । 

    images
    images

    नयाँ बिलअन्तर्गत तंबाकू र सम्बन्धित उत्पादनहरूमा ४० प्रतिशतबाहेक ७० प्रतिशत अतिरिक्त सेस लाग्नेछ । चुरोटमा भने लम्बाइ ९ठुलो वा सानो० अनुसार हरेक हजार चुरोटमा २ हजार ७ सय रुपैयाँदेखि ११ हजार भारुसम्मको विशेष सेस लाग्नेछ । यो कदमले क्षतिपूर्ति सेस समाप्त भएपछि कर राजस्व सुरक्षित राख्ने लक्ष्य राखिएको भारतका विभिन्न सञ्चारमाध्यमले लेखेका छन् । 

    अनिवार्य दर्ता र कडा नियम

    नयाँ नियमअनुसार सबै तंबाकु उत्पादन निर्माताहरूले अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ र हरेक महिना रिटर्न पनि दाखिल गर्नुपर्नेछ । अधिकारीहरूलाई निरीक्षण, जाँच र लेखापरीक्षण गर्ने अधिकार हुनेछ । नियमहरूको उल्लंघन गरे पाँच वर्षसम्मको कैद र जरिवानाको प्रावधान पनि राखिएको छ । यद्यपि, यस्ता मामिलामा कम्पनीहरूलाई पनि सम्बन्धित अधिकारीदेखि सर्वोच्च अदालतसम्म अपील गर्ने अधिकार दिइनेछ । आजतकको रिपोर्टअनुसार नयाँ प्रावधानअन्तर्गत सरकारलाई आवश्यक परे सेस दोब्बर गर्ने शक्ति पनि प्रदान गरिनेछ ।

    के हो सेस ? 

    सेस पनि एक प्रकारको कर नै हो, जुन केन्द्र सरकारले लगाउँछ, तर यो सामान्य करभन्दा फरक हुन्छ । सामान्य कर लगाउनुको पछाडि सरकारको मुख्य उद्देश्य देशको खर्च चलाउनु हुन्छ, जबकि सेस कुनै विशेष उद्देश्यका लागि लगाइन्छ । जस्तैः शिक्षा वा स्वास्थ्यसम्बन्धी कुनै योजना, वा सडक निर्माण ।  कर र सेसबीचको अर्को भिन्नता भनेको करबाट जम्मा हुने पैसा भारतको समेकित कोषमा जम्मा हुन्छ, जसलाई सरकारले चाहेजसरी खर्च गर्न सक्छ । सेसबाट जम्मा हुने पैसा पनि पहिले समेकित कोषमा जान्छ, तर यसलाई त्यहाँबाट कुनै खास कोषमा जम्मा गरिन्छ । तर सेस जम्मा गर्ने लागत काटिन्छ ।कर र सेसबिचको तेस्रो भिन्नता पैसाको बाँडफाँडमा हुन्छ । करबाट जम्मा भएको पैसा देशको संघीय संरचनाअन्तर्गत बाँडिन्छ । यसको अर्थ केन्द्र सरकारले यो पैसा राज्यहरूसँग बाँड्नै पर्छ । केन्द्र सरकारले यसो गर्न इन्कार गर्न वा यससँग सम्बन्धित नियमहरू परिवर्तन गर्न सक्दैन । तर, सेसको हकमा यो झन्झट हुँदैन । यो पैसा केन्द्र सरकारले पूर्ण रूपमा आफ्नो विवेकमा खर्च गर्छ । 

    कर र सेसबिच खर्च गर्ने समयमा चौथो भिन्नता हुन्छ । करबाट जम्मा भएको पैसा जब कुनै योजनामा लगाइन्छ, तब त्यसलाई एक वर्षभित्र खर्च गर्नुपर्छ । यदि खर्च हुन सकेन भने पैसा सरकारी खातामा फिर्ता जान्छ । तर, सेसको मामिलामा पैसा योजनामै रहन्छ र अर्को वर्ष पनि खर्च गर्न सकिन्छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend