images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • बढ्यो कुखुराको मासुको मूल्य, प्रतिकेजी कति...

बढ्यो कुखुराको मासुको मूल्य, प्रतिकेजी कति ?

बढ्यो कुखुराको मासुको मूल्य, प्रतिकेजी कति ?

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • १५ मंसिर, काठमाडौं । दुई साताभित्र दोस्रो पटक कुखुरा मासुको मूल्य बढेको छ ।राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज सोमबारदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँ बढेको जानकारी दिए ।मूल्य बढेसँगै जिउँदो कुखुरा प्रतिकिलो २ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ३० रुपैयाँ थियो ।

    images
    images

    यस्तै तयारी कुखुरा मासुको मूल्य पनि बढेको छ । तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँ पुगेको अध्यक्ष बीसीले बताए । यसअघि तयारी मासु प्रतिकिलो मूल्य ३ सय २० रुपैयाँ थियो ।अध्यक्ष बीसीका अनुसार जाडो बढ्दै गएपछि कुखुरा उत्पादन घट्ने भएकाले मूल्यवृद्धि भएको हो । ‘चिसोमा उत्पादन कम हुन्छ,’ उनले भने, ‘उत्पादन कम हुँदा बजारमा कुखुरा अभाव हुने र त्यसले मूल्य बढ्ने हुन्छ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend