images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • यस्तो छ आजका लागि फलफूल तथा...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको मूल्य

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य विवरण दिएको छ ।तरकारीको मूल्य मँहगो भएको समय पनि आलु, प्याज, बन्दागोभी, मुला, पाकेको फर्सी लगायत केही तरकारीहरु प्रतिकिलो ५० रुपैँया भन्दा कममा पाइन्छन् । जसअनुसार, आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ११०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ८०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (तराई) प्रतिकिलो ११०, आलु रातो प्रतिकिलो ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु सेतो प्रतिकिलो ३८, प्याज सुकेको (भारतीय) प्रतिकिलो ३० रहेको छ ।

    images
    images

    यस्तै, गाँजर (लोकल) प्रतिकिलो १३०, गाँजर (तराई) प्रतिकिलो १२०, बन्दा (लोकल) प्रतिकिलो ६०, बन्दा (तराई) प्रतिकिलो ५० काउली स्थानीय प्रतिकिलो ६५, काउली (तराई) प्रतिकिलो ५५ रुपैयाँ रहेको छ । यस्तैगरी, सेतो मूला (लोकल) प्रतिकिलो २५, भन्टा लाम्चो प्रतिकिलो रु ६०, भन्टा डल्लो प्रतिकिलो ७०, तने बोडी प्रतिकिलो १६०, मकै बोडी प्रतिकिलो रु ६० कायम भएको छ । त्यसैगरी, मटरकोसा प्रतिकिलो रु १३०, घिउ सिमी (लोकल) प्रतिकिलो रु १५०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु १२०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ९०, टाटे सिमी प्रतिकिलो रु १४०, तिते करेला प्रतिकिलो रु १००, लौका प्रतिकिलो रु ७५, परवर (लोकल) प्रतिकिलो रु ९०, परवर (तराई) प्रतिकिलो रु ९०, घिरौँला प्रतिकिलो रु १३०, फर्सी पाकेको प्रतिकिलो रु ३५, हरियो फर्सी (लाम्चो) प्रतिकिलो रु ६०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ५०, सलगम प्रतिकिलो ११०, भिन्डी प्रतिकिलो ९०, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ७० र पिँडालु प्रतिकिलो रु १००, स्कुस प्रतिकिलो रु २० कायम गरिएको छ । 

    साथै, रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो साग प्रतिकेजी रु १५०, चमसुर प्रतिकिलो रु १००, तोरीको साग प्रतिकिलो रु ६०, मेथीको साग प्रतिकिलो रु १५०, हरियो प्याज प्रतिकिलो रु ६०, बकुला प्रतिकिलो रु १४५, तरुल प्रतिकिलो रु ७०, च्याउ (कन्य) प्रतिकिलो रु १८०, च्याउ (डल्ले) प्रतिकिलो रु ३५०, कुरिलो प्रतिकिलो रु १०००, ब्रोकाउली प्रतिकिलो रु १६०, चुकुन्दर प्रतिकिलो रु ८०, रातो बन्दा प्रतिकिलो रु १४०, जिरीको साग प्रतिकिलो रु ५५०, सेलरी प्रतिकिलो रु ३००, पार्सले प्रतिकिलो रु ६०० सम्म पर्दछ । सौफको साग प्रतिकिलो १५०, पुदिना प्रतिकिलो रु ५००, गान्टेमुला प्रतिकिलो रु ८०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १२०, तोफु प्रतिकिलो रु १३० र गुन्द्रुक प्रतिकिलो ३५० तोकिएको छ ।

    images
    images

    त्यस्तै, स्याउ (झोले) प्रतिकिलो रु २००, स्याउ (फुजी) प्रतिकिलो रु २७०, केरा (दर्जन) १४५, कागती प्रतिकिलो रु १००, अनार प्रतिकिलो रु ३५०, सुन्तला (नेपाली) प्रतिकिलो रु ८०, तरबुजा हरियो प्रतिकिलो रु ७५, मौसम प्रतिकिलो रु ८०, जुनार प्रतिकिलो रु २५०, भुइँकटहर प्रतिगोटा रु १६०, काँक्रो (लोकल) प्रतिकिलो रु ६० रुपैयाँ पर्दछ । काँक्रो (हाइब्रिड) प्रतिकिलो ३०, निबुवा प्रतिकिलो रु ५०, नास्पाती (चाइनिज) प्रतिकिलो रु २००, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु ९०, अम्बा प्रतिकिलो ८० र लप्सी प्रतिकिलो ६०, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ४५०, किबी प्रतिकिलो रु २००, सरिफा प्रतिकिलो रु १८० र आभोकाडो प्रतिकिलो रु २५० तोकिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend