images

२०८३ आश्विन १६ गते

images
images
images

ताप्लेजुङको अलैंची अमेरिकामा

ताप्लेजुङको अलैंची अमेरिकामा

images
images
सोमवार, मंसिर १५ २०८२
सोमवार, मंसिर १५ २०८२
  • १५ मंसिर, तापेथोक (ताप्लेजुङ) । फक्ताङ्लुङ, तापेथोकका सुकबहादुर ताप्मादेन अलैंची टिपेर भट्टीमा सेकाउन १५ जना स्थानीय कामदार लिएर लेकतिर जान खोज्दा भेटिए । उनले मंसिरे जाडो छल्न तोङ्बा, सामल तुमल र बाक्लो ओड्ने ओच्छ्याउनेको जोहो गरिसकेका थिए ।तापेथोक बजारदेखि करिब एक घण्टाको उकालो छिचोलेपछि ताप्मादेनको अलैंची बगान पुगिन्छ । उनले खाम्थाक क्षेत्रको निङ्याङ्बा, बुल्बुले र सल्लेरीमा करिब ३ सय रोपनीमा अलैंची लगाएका छन् ।अलैंची टिप्न र भट्टीमा सेकाएर जिल्ला सदरमुकाम फुङ्लिङ पुर्‍याउन उनलाई निकै हतारो छ । यस्तो चटारोको कारण हो, उनको आशा अनुरुपको भाउ । अलैंचीको मोल कुन बेला घडबढ हुन्छ थाहा हुँदैन, सुनको भाउ जस्तै । यो वर्ष भने फुङ्लिङ पुर्‍याउँदा प्रतिमन सरदर एक लाख रुपैयाँँ हात पर्नेमा उनी ढुक्क छन् ।

    images
    images

    औल अर्थात तमोर (स्थानीय मुन्धुमी भाषामा इम्बिरि याङ्धाङ्वा) किनार छेउछाउका बगानबाट उनले १५ मन टिपेर फुङ्लिङका व्यापारीलाई बेच्न भण्डारण गरिसकेका छन् । ताप्मादेन भन्छन्, ‘अलिक औल तिर एक महिना अघि नै टिप्न योग्य हुने भएकाले करिब १५ मन जति अलैंची टिपेर भन्डारण गरिसकें । अब लेकतिरको बगानको पालो छ ।’यो वर्ष कम्तिमा ३५ मन अलैंची बेच्ने योजना रहेको ताप्मादेन बताउँछन् । राम्रो व्यवस्थापन र सिंचाइको सुविधा हुने हो भने ३ सय रोपनीबाट ५० देखि १०० मनसम्म उत्पादन गर्न सकिने उनी बताउँछन् ।तापेथोक क्षेत्रमा वार्षिक ३० मन भन्दा बढी उत्पादन गर्ने कयौ अलैंची किसान छन् । फक्ताङलुङ–५, तापेथोकस्थित खाम्थाकका रामबहादुर तुम्बाहाङ्फे, सोही वडाका सुदिप थक्लुङ, सङगम्बोका राजीव ताप्मादेन, वेताङ्गोका हेमबहादुर ताप्मादेन लगायत किसानले व्यावसायिक अलैंची खेती गरेर वार्षिक ३० मनदेखि ५० मनसम्म उत्पादन गर्दै आएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend