images

२०८३ आश्विन १६ गते

images
images
images

एनएमबि बैंक र फ्लाइवायरबीच साझेदारी

एनएमबि बैंक र फ्लाइवायरबीच साझेदारी

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • एनएमबि बैंकले फ्लाइवायरसँगको साझेदारीमा विदेशमा पढ्न जाने नेपाली विद्यार्थीहरूका लागि अन्तर्राष्ट्रिय शिक्षा शुल्क तिर्न सजिलो बनाएको छ । शैक्षिक अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूको शिक्षा शुल्क तिर्ने बाटोलाई एनएमबि बैंकले फ्लाइवायरसँगको सहकार्यमा सहज र सरल बनाएको हो ।विदेश पढ्न जाने विद्यार्थीका लागि सबैभन्दा झन्झटिलो प्रक्रिया भनेको विदेशी मुद्रामा गर्नुपर्ने शुल्क भुक्तानी हो । तर यसलाई एनएमबि बैंकले सरल बनाइदिएको छ । फ्लाईवाययरसँगको सहकार्यपछि एनएमबि बैंकमार्फत विद्यार्थीहरूले नेपाली रुपैयाँमा पनि भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।विश्वविद्यालयमा शुल्कसम्बन्धी सेटलमेन्टको प्रक्रिया फ्लाइवायरले गर्ने गर्दछ । जसका लागि विश्वविद्यालय तथा कलेजहरूसँग सम्झौता गरिएको हुन्छ । त्यसैले शुल्कसम्बन्धी सबै काम फ्लाइवायरले नै गर्ने गर्दछ ।

    images
    images

    विश्वभरिका फ्लाइवायरसँग सम्बद्ध विभिन्न कलेज र शैक्षिक संस्थाहरूमा अन्तर्राष्ट्रिय शिक्षा–सम्बन्धित भुक्तानीहरू प्रशोधन गर्न फ्लाइवायर कर्पोरेसनसँग साझेदारी गरेको छ ।फ्लाइवायरसँगको साझेदारीमार्फत एनएमबि बैंकले विद्यार्थी, अभिभावक र शैक्षिक परामर्शदाताहरूलाई भुक्तानी प्रक्रियामा संलग्न सबै पक्षका लागि सरल र सहज बनाइदिएको हो ।भुक्तानीलाई सरल बनाउनुका साथै सुरक्षित र भरपर्दो पनि बनाइएको छ । जहाँ पैसा पठाउँदा विद्यार्थीले आफूले पठाएको पैसा कहाँ पुग्यो भनेर ट्रयाक गर्न सक्छन् । अर्थात् नेपालबाट पठाएको पैसा पुग्यो कि पुगेन अथवा कहाँ पुग्यो भनेर समेत जानकारी लिन सकिन्छ । यसले गर्दा विद्यार्थी र अभिभावकलाई सुरक्षित, भरपर्दो र पारदर्शी प्रक्रिया बनाएको बैंकले जनाएको छ ।

    विदेशी मुद्रा सटहीको झन्झटविना नै भुक्तानीका लागि आवश्यक रकम थाहा पाउन सकिन्छ ।विदेशमा शिक्षाका लागि पैसा पठाउँदा एनएमबि बैंकमा खाता भएकाहरूका लागि निकै सहज हुन्छ । साथै बैंकमा खाता नभएकाहरूले पनि यो सेवा सहजै लिन सक्नेछन्  ।यस्तै, विदेशी मुद्रा सटहीको झन्झटविना नै भुक्तानीका लागि आवश्यक रकम थाहा पाउन सकिन्छ ।कलेजको शुल्कका लागि चाहिने जुनसुकै विदेशी मुद्राको नेपाली रकम ठ्याक्कै हेर्न सकिन्छ । यसले अनावश्यक रकम खोजिरहनु पर्ने बाध्यताको अन्त्य गरेको छ ।​एनएमबि बैंकमार्फत विदेश पैसा पठाउँदा नेपालका सबै बैंकबाट विनाशुल्क रकम स्थानान्तरण गर्न सकिन्छ । जसले गर्दा विद्यार्थीहरूका लागि यो प्रक्रिया झनै सहज बनेको छ।तर सरकारले तोकेको ३ प्रतिशत शिक्षा कर भने विधान अनुसार काटिने बैंकले जनाएको छ ।यसको अर्को सुन्दर पक्ष भनेको रिफन्डको लागि सजिलो भुक्तानी हो । यदि कुनै कारणवश विद्यार्थीले गरेको भुक्तानी रिफन्ड गर्नुपरेमा सहज रूपमा नै विद्यार्थीले रिफन्डको सुविधा पाउँछन् ।

    images
    images

    यसबाट अधिकांश विद्यार्थीहरूले भोग्दै आएको ठूलो समस्याको समाधान भएको छ । अन्य भुक्तानी सेवा प्रदायकसँग रिफन्डका लागि महिनौं प्रक्रिया लाग्ने गरेको छ ।विश्वका १७ सयभन्दा बढी शैक्षिक संस्थासँग फ्लाइवायरको सहकार्य छ । विश्वव्यापी भुक्तानी प्रदायक फ्लाइवायरका हाल १३ कार्यालय र ६०० भन्दा बढी फ्लाइमेट विश्वव्यापी रूपमा छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend