images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • शिखर इन्स्योरेन्स बन्यो साफाबाट मेरिट प्रमाणपत्र...

शिखर इन्स्योरेन्स बन्यो साफाबाट मेरिट प्रमाणपत्र पाउने पहिलो बिमा कम्पनी

शिखर इन्स्योरेन्स बन्यो साफाबाट मेरिट प्रमाणपत्र पाउने पहिलो बिमा कम्पनी

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौं । दक्षिण एसियाली लेखा परीक्षक महासंघबाट (साफा) शिखर इन्स्योरेन्सले मेरिट प्रमाणपत्र प्राप्त गरेको छ । यो सम्मान प्राप्त गर्ने नेपालको पहिलो बिमा कम्पनी बनेको छ ।शिखर इन्स्योरेन्सका लागि मात्र नभइ नेपाली बिमा उद्योगका एउटा उल्लेखनीय माइल स्टोन रहेको बताइएको छ।साफाले प्रदान गर्ने यो सम्मान दक्षिण एसियामा वित्तीय प्रतिवेदनको गुणस्तर, पारदर्शिता, सुशासन, तथा जबाफदेहीपनको उत्कृष्ट अभ्यासलाई मान्यता दिने सबैभन्दा प्रतिष्ठित अवार्डमध्ये एक मानिन्छ ।

    images
    images

    यो सम्मानले शिखर इन्स्योरेन्सले पछिल्ला वर्षहरूमा अपनाउँदै आएको मजबुत सुशासन, वित्तीय अनुशासन र पारदर्शी सञ्चारप्रतिको निरन्तर प्रतिबद्धता रहेको बुझाउने कम्पनीले दाबी गरेको छ ।कम्पनीले प्रकटीकरण प्रक्रिया सुधार गर्ने, प्रतिवेदनको गुणस्तर उन्नत बनाउने तथा सर्वसाधारणका लागि उपलब्ध गराइने वित्तीय सूचनालाई अझ विश्वसनीय र व्यवस्थित बनाउने दिशामा गर्दै आएको प्रयासको यो महत्त्वपूर्ण प्रमाण रहेको बताएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend