images

२०८३ आश्विन २२ गते

images
images
images

मध्य चमेलिया जलविद्युतको आइपिओ आउँदै

मध्य चमेलिया जलविद्युतको आइपिओ आउँदै

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • दार्चुला पावर लिमिटेडको मङ्सिर १२ गते सम्पन्न साधारणसभाले आइपिओ जारी गर्ने प्रस्ताव पारित गरेको छ। कम्पनी अपि पावर कम्पनी लिमिटेडको सहायक कम्पनी हो। यो कम्पनीले हाल दार्चुला जिल्लामा २८.३०४ मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

    images
    images

    करिब पाँच सय ६६ करोड रुपैयाँ लागत अनुमान गरिएको यो आयोजना तीव्र गतिमा अगाडि बढिरहेको कम्पनीले बताएको छ।कम्पनीले सेयर निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडसँग सम्झौता गरेर प्रक्रिया अगाडि बढाइसकेको प्रबन्ध निर्देशक शास्वत चालिसेले सभामा जानकारी दिएका हुन्।आइपिओ अघि कम्पनीको अधिकृत पुँजी तथा जारी पुँजी वृद्धि गर्ने, र त्यहीअनुसार प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्तावहरू पनि सभाले अनुमोदन गरेको छ।

    सभामा बोल्दै कम्पनीका संचालक सञ्जीव न्यौपानेले मध्य चमेलिया जलविद्युत आयोजनाले हालसम्म उत्कृष्ट प्रगति हासिल गरेको उल्लेख गर्दै कम्पनीले अवलम्बन गरेको रणनीति र व्यवस्थापन क्षमता निकै प्रभावकारी भएको बताए।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend