images

२०८३ आश्विन १८ गते

images
images
images

धनगढीमा चारतारे र पाँचतारे होटल निर्माण हुदै

धनगढीमा चारतारे र पाँचतारे होटल निर्माण हुदै

images
images
आइतवार, मंसिर १४ २०८२
आइतवार, मंसिर १४ २०८२
  • काठमाडौँ । मंसिर १४, धनगढी सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय होटल तथा आतिथ्य क्षेत्रमा लगानीकर्ताको आकर्षण तीव्र रूपमा बढेको छ। प्रदेश राजधानी धनगढीमा साना आवासगृह देखि चारतारे र पाँचतारे होटलसम्मका निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेका छन्, जसले स्थानीय पर्यटन व्यवसायले नयाँ उचाइ लिने देखाएको छ।

    images
    images

    धनगढीमा चहलपहल बढेसँगै होटल निर्माण अभूतपूर्व रूपमा बढिरहेको छ। विगतमा तारे होटल नै नहुँदा पनि अहिले दुई तारे होटल अन्तिम चरणमा पुगेका छन्। नैनादेवी मन्दिर नजिक निर्माणाधीन ‘होटल सनलाइट’ आगामी वैशाख देखि चारतारे होटलका रूपमा सेवा सुरु गर्ने तयारीमा छ। होटलका सञ्चालक कलम बमका अनुसार क्यासिनो बार सहितको अत्याधुनिक सुविधा सहितको होटलले प्रदेशको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण प्रभाव पार्नेछ।

    यसैबीच, धनगढीकै प्रतिष्ठित चौलानी ग्रुपले पुरानो संरचना हटाएर सुदूरपश्चिमकै पहिलो पाँचतारे होटल निर्माणलाई तीव्रता दिएको छ। दीर्घकालीन पर्यटन सम्भावनालाई लक्षित गर्दै गरिएको यो लगानी प्रदेशस्तरमा नयाँ मोडेलका रूपमा हेरिएको छ।

    images
    images

    नेपालकै अग्रणी होटल ब्रान्ड ‘सिद्धार्थ ग्रुप’ द्वारा धनगढी चौराहामा सेवा प्रारम्भ गरिएपछि प्रतिस्पर्धा झनै तीव्र बन्दै गएको छ। त्यस्तै, करिब १० करोड रुपैयाँ लगानीमा निर्माण भएको नेचुरा रिसोर्टले प्राकृतिक वातावरणमा आधारित आधुनिक हस्पिटालिटी सेवा सुरू गरेको छ।

    होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशव पाण्डेयका अनुसार धनगढी राजधानी भएकाले उच्चस्तरीय होटल अनिवार्य रहेको बताउँदै पछिल्ला वर्षहरूमा लगानी तीव्ररूपमा बढेको बताए। संघका अनुसार सुदूरपश्चिममा हस्पिटालिटी क्षेत्रमा हालसम्म २५ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने ५० हजारभन्दा बढी स्थानीयले प्रत्यक्ष–अप्रत्यक्ष रोजगार पाएका छन्। विशेषगरी भारतीय पर्यटक लक्षित गरेर होटल निर्माणमा लगानी बढिरहेको बताइएको छ।

    तर, भारत–नेपालका केही सीमा बिन्दुमा सहज आवागमन नहुनु र धनगढीमा राति १० बजेपछि बजार बन्द गर्ने प्रशासनिक निर्णयले पर्यटन व्यवसाय प्रभावित भएको व्यवसायीहरूको गुनासो छ। रात्रीकालीन गतिविधिमा रोकले भारतीय पर्यटक आकर्षण घटेको उनीहरूको दाबी छ।

    प्रदेशका होटलहरूको अक्कुपेन्सी मात्र ३६.४० प्रतिशत नेपाल राष्ट्र बैंकले १० होटलको नमुना अध्ययन गर्दा आव २०८१।८२ मा सुदूरपश्चिमका होटलहरूको अक्कुपेन्सी दर ३६.४० प्रतिशत मात्र रहेको पाएको छ।

    यो प्रदेशमा विदेशी पर्यटकमध्ये भारतीय पहुनाको संख्या सबैभन्दा बढी छ। यस आवमा सुदूरपश्चिममा १६,९२५ विदेशी पर्यटक पुगेका थिए, जसमा १६५ चिनियाँ र १,४११ तेस्रो मुलुकका पर्यटक थिए।

    तर, पर्यटक आगमनमा उल्लेख्य गिरावट आएको बैंकको अध्ययनले देखाउँछ,भारतीय पर्यटक २८ प्रतिशतले घटे, चिनियाँ ७१ प्रतिशतले, तेस्रो मुलुकका पर्यटक ६५५ ले घटेका छन्।

    धार्मिक तथा पुरातात्विक स्थल, पूर्वाधार तथा पर्यटन प्रमोशनमा कमी हुँदा प्रदेशले सम्भावित आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न नसकेको राष्ट्र बैंकको निष्कर्ष छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend