images

२०८३ आश्विन २० गते

images
images
images

भुइँकटहरको भाउ बढ्यो

भुइँकटहरको भाउ बढ्यो

images
images
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • १२ मंसिर, काठमाडौं । स्थानीय बजारमा भुइँकटहरको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि निर्धारण गरेको मूल्यसूचीले भुइँकटहरको भाउ बढेको देखाएको हो ।आज शुक्रबार भुइँकटहरको भाउ प्रतिगोटा ८ रुपैयाँ बढेको छ । हिजो बिहीबार भुइँकटहर प्रतिगोटा १ सय ५७ रुपैयाँमा किनबेच भएको थियो । आज भने १ सय ६५ रुपैयाँ कायम छ ।

    images
    images

    भुइँकटहर बजारमा बाह्रै महिना उपलब्ध हुने व्यवसायी बताउँछन् । भुइँकटहर नेपालको तराई भेगमा उत्पादन हुन्छ । त्यहाँको उत्पादन कम हुने हुँदा धेरै परिमाणमा भारतबाट आयात हुने गरेको कालीमाटीका व्यवसायी बताउँछन् ।भुइँकटहर खुद्रा व्यवसायीले काटेर पनि बिक्री गर्ने गरेका छन् । खुद्रा पसलमा भुइँकटहर प्रतिगोटा २ सयदेखि २ सय २० रुपैयाँसम्म बेच्ने गरेको पाइन्छ । फलफूल तथा जुस पसलमा भुइँकटहरको जुस मात्रै पनि किन्न पाइन्छ ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend