images

२०८३ आश्विन १८ गते

images
images
images

हलमा लाग्यो एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’

हलमा लाग्यो एकता पौडेलको डेब्यु निर्देशकीय फिल्म ‘हर्ष’

images
images
शुक्रवार, मंसिर १२ २०८२
शुक्रवार, मंसिर १२ २०८२
  • काठमाडौँ। आजदेखि हलमा नेपाली फिल्म ‘हर्ष’ प्रदशृन भएको छ। फिल्मकी निर्देशक एकता पौडेल हुन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो।देशभर फिल्मले करिब १ सय सो पाएको निर्माण टिमले जनाएको छ। पारिवारिक कथामा बनेको फिल्ममा खगेन्द्र लामिछने र वर्षा राउत मुख्य भूमिकामा छन्।

    images
    images

    साथै नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय गरेका छन्।फिल्म आलोक शुक्लाको छायांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफीमा बनेको छ।अष्टलक्ष्मी प्रोडक्सन्स् र ई–प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो। फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल हुन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend