images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • नेप्सेमा ९.६१ अंकको वृद्धि, ६ अर्ब...

नेप्सेमा ९.६१ अंकको वृद्धि, ६ अर्ब ६९ करोडको कारोबार

नेप्सेमा ९.६१ अंकको वृद्धि, ६ अर्ब ६९ करोडको कारोबार

images
images
बुधवार, मंसिर १० २०८२
बुधवार, मंसिर १० २०८२
  • काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० को विन्दुमा कायम भएको छ ।आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ३६ लाख २० हजार ९५  कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ६९ करोड माथिको सेयर कारोबार भएको छ । आज १४२ कम्पनीको सेयर मूल्य बढ्दा १०४ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।आज एनआरएनए इन्फ्रास्ट्रक्चरको सर्वाधिक ६२ करोड ४३ लाख रुपैयाँको कारोबार भएको छ । दोस्रोमा शिवम् सिमेन्टको २६ करोड ७५ लाख रुपैयाँ र तेस्रोमा हिमालयन डिष्टिलरीको २३ करोड ४१ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    images
    images

    यसदिन झापा इनर्जीका लगानीकर्ताले सर्वाधिक १० प्रतिशतका दरले कमाएका छन् । यस्तै, सागर डिष्टिलरी र स्वास्तिक लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने श्रीनगर एग्रीटेकका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । बोटर्लस नेपालका लगानीकर्ताले आज सर्वाधिक ३.९४ प्रतिशतका दरले गुमाएका छन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend