images

२०८३ आश्विन २० गते

images
images
images

चार महिनामा ६६ करोडको लसुन आयात

चार महिनामा ६६ करोडको लसुन आयात

images
images
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • काठमाडौँ । अघिल्लो वर्षको तुलनामा लसुन आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) सम्ममा ६६ करोड ८४ लाख ९९ हजार रुपैयाँ बराबरको ४९९८.३० मेट्रिक टन लसुन आयात भएको छ ।

    images
    images

    उक्त परिमाणमा आयात हुँदा १६ करोड ३६ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ । अघिल्लो वर्ष २०८१/८२ मा अस्वाभाविक रूपमा लसुन आयात बढेको थियो । अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म ३ अर्ब १७ करोड ३४ लाख ५२ हजार रुपैयाँको २३९८९ मेट्रिक टन लसुन आयात भएको  थियो । उक्त परिमाणमा लसुन आयात हुँदा ८१ करोड ९३ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend