images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • एनआइसी एसिया क्यापिटलका ४ म्युचुअल फन्डको...

एनआइसी एसिया क्यापिटलका ४ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

एनआइसी एसिया क्यापिटलका ४ म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images
images
बिहिवार, भाद्र २७ २०८१
बिहिवार, भाद्र २७ २०८१
  • काठमाडौं । एनआइसी एसिया क्यापिटलको व्यवस्थापनमा सञ्चालित ४ वटा म्युचुअल फन्डको लाभांश सुरक्षित गर्ने आज भदौ २७ गते बिहीबार अन्तिम दिन हो ।

    images
    images

    यसदिन एनआइसी एसिया सेलेक्ट ३०, एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड, एनआइसी एसिया ग्रोथ फन्ड र एनआइसी एसिया ब्यालेन्स्ड फन्डको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । यी फन्डहरुले नगद लाभांश वितरण गर्न भदौ २८ गते बुक क्लोज गर्दैछन् । यसर्थ, आज भदौ २७ गतेसम्म कायम रहने इकाईले मात्र लाभांश दाबी गर्न पाउनेछन् ।

    एनआइसी एसिया सेलेक्ट ३० का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित १४ प्रतिशत, फ्लेक्सी क्याप फन्डको करसहित १०.५० प्रतिशत, ग्रोथ फन्डको करसहित ९.५० प्रतिशत र ब्यालेन्स्ड फन्डको करसहित ९.२५ प्रतिशत प्रतिफल वितरण गर्न लागेको हो ।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend