images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • बजार अनुगमनबाट दोषी ठहर उद्योग–फर्ममाथि विभागको...

बजार अनुगमनबाट दोषी ठहर उद्योग–फर्ममाथि विभागको कारबाही

बजार अनुगमनबाट दोषी ठहर उद्योग–फर्ममाथि विभागको कारबाही

images
images
मंगलवार, मंसिर ९ २०८२
मंगलवार, मंसिर ९ २०८२
  • काठमाडौँ । मंसिर ९, पछिल्ला दिनमा बजार अनुगमन, निरीक्षण र कारबाहीलाई तीव्र बनाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र भक्तपुरका विभिन्न उद्योग तथा फर्ममाथि कारबाही गर्दै १४ वटा प्रतिष्ठानलाई जरिवाना तथा निर्देशन दिएको छ।

    images
    images

    विभागका अनुसार भक्तपुर मध्यपुरथिमिको हलेसी मार्ट प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ उल्लंघन गरेको भन्दै रु २ लाख जरिवाना गरिएको छ। सोही स्थानको ओम शिवशक्ति सेरामिक प्रालिलाई भने रु ५० हजार जरिवाना गरिएको विभागले जनाएको छ।

    अनुगमनका क्रममा वस्तु तथा सेवाको गुणस्तर, परिमाण, मूल्य, नापतौल, ढाँचा तथा बिक्री प्रक्रियामा अनियमितता भेटिएको विभागले जनाएको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ र ३८ बमोजिमको कसुर प्रमाणित भएकाले दफा ३९(१) अनुसार कारबाही गरिएको हो।

    images
    images

    काठमाडौँ १६ क्षेत्रपाटीस्थित होम मेड स्पाइन्स एण्ड टी सप्लाईलाई रु २० हजार, जिकेएसएस इन्टरप्राइजेज प्रालि (गठ्ठाघर) लाई रु १० हजार, आशिष ट्रेड लिङ्क (क्षेत्रपाटी) लाई रु १० हजार जरिवाना गरिएको विभागले जनाएको छ।

    यस्तै आइके सर्जिकल सप्लायर्स (क्षेत्रपाटी) लाई रु ५५ हजार जरिवाना तिरिसकेर २४ घण्टाभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। टोखा–८ स्थित सिटी मिनरल वाटर एण्ड बेभरेज प्रालिलाई कारोबार सम्बन्धी कागजात सहित तीन दिनभित्र विभागमा उपस्थित हुन आदेश दिइएको छ।

    अन्य सात वटा उद्योग तथा फर्मलाई अनुगमनका क्रममा देखिएका कैफियतका आधारमा सामान्य निर्देशन दिइएको विभागले जनाएको छ।

    विभागका अनुसार ऐनअनुसार अनुचित व्यापारिक क्रियाकलापमा संलग्न भेटिए अनुसार निरीक्षण अधिकृतले रु २ लाख देखि रु ३ लाखसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend