images

२०८३ आश्विन १६ गते

images
images
images
  • अटो
  • चार महिनामा बिजुली गाडीका लागि साढे...

चार महिनामा बिजुली गाडीका लागि साढे ७ अर्ब खर्च, कति भित्रिए ?

चार महिनामा बिजुली गाडीका लागि साढे ७ अर्ब खर्च, कति भित्रिए ?

images
images
सोमवार, मंसिर ८ २०८२
सोमवार, मंसिर ८ २०८२
  • चालु आर्थिक वर्षको पहिलो चार महिनामा साढे ७ अर्ब रुपैयाँ बराबरको बिजुली गाडी (ईभी) भित्रिएका छन् । भन्सार विभागका अनुसार कात्तिक मसान्तसम्ममा कुल ७ अर्ब ५४ करोड ८२ लाख रुपैयाँ बराबरका ३ हजार २०३ वटा ईभी (कार, भ्यान, जीप) नेपाल भित्रिएको हो ।खासगरी उत्तर चीनतर्फबाट ठूलो मात्रामा ईभी आयात भइरहेको अवस्थामा पछिल्लोपटक उत्तरतर्फका दुईवटै नाका, तातोपानी भन्सार र रसुवागढी, टिमुरे भन्सारतर्फको बाटोको असहजताका बाबजुद पनि मुस्ताङको कोरला नाका हुँदै ईभी आयात भइरहेको छ, जसका कारण पछिल्लोपटक कोरला भन्सार कार्यालयको अन्तरदेशीय व्यापारमा वृद्धि भएको छ ।विभागको तथ्यांकअनुसार गएको चार महिनामा मुस्ताङ भन्सार कार्यालयबाट मात्र ७ अर्ब ३७ करोड ८ लाख रुपैयाँ बराबरको मालवस्तु नेपाल भित्रिएको छ ।

    images
    images

    कुन सेग्मेन्टका कति गाडी भित्रिए ?

    तथ्यांकअनुसार समीक्षा अवधिमा भित्रिएका ३ हजार २०३ वटा विजुली गाडीहरूमध्ये बढीभन्दा बढी ५० देखि १०० किलोवाट मोटर पावरका छन्, जसअनुसार ५० किलोवाट मोटर क्षमताका १ अर्ब ६८ करोड ९९ लाख रुपैयाँ बराबरको १ हजार २ वटा ईभी भित्रिएका छन् ।

    images
    images

    यसैगरी, ५० देखि १०० किलोवाट मोटर क्षमताका ४ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ बराबरका १ हजार ८२६ वटा ईभी भित्रिएका छन् । १०१ देखि २०० किलोवाट मोटर क्षमताका एक अर्ब १० करोड ६४ लाख रुपैयाँ बराबरका ३७४ वटा ईभी भित्रिएका छन् भने २०१ देखि ३०० किलोवाट मोटर क्षमताका ४८ लाख ४९ हजार रुपैयाँको एउटा मात्र ईभी भित्रिएको भन्सार विभागले जनाएको छ ।समीक्षा अवधिमा साढे ७ अर्ब रुपैयाँमाथिको ईभी आयात हुँदै गर्दा सोबापत ४ अर्ब ६८ करोड ८९ लाख रुपैयाँ राजस्व संकलन हुन सकेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend