images

२०८३ आश्विन ३० गते

images
images
images

काठमाडाैँ महानगरपालिकामा छिमेकीकाे उजुरी बढ्याे

काठमाडाैँ महानगरपालिकामा छिमेकीकाे उजुरी बढ्याे

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौँ । भवन निर्माणका लागि बेसमेन्ट खन्दा निर्माण पक्षले सुरक्षा उपाय नअपनाएका कारण आफ्नो घर चर्केको, घर नै कोल्टिएको, घरमा बस्न असुरक्षा भएको कारण जनाउँदै काठमाडौँ महानगरपालिकाको सहरी व्यवस्थापन विभागमा क्षतिपूर्तिको मागसहित उजुरी दिने छिमेकीको सङ्ख्या बढ्न थालेको छ । भवन नक्सा स्वीकृत गर्दा नै यस प्रकारको काम गर्दा सुरक्षा उपायको बलियो प्रबन्ध गर्न, छिमेकीलाई असर नगर्न घरधनीले प्रतिबद्धता गर्नुपर्छ ।तर, कागजमा गरिएको प्रतिबद्धता फिल्डमा पूरा नगर्दा, लापरबाही पूर्ण काम गर्दा समस्या बढ्न थालेको हो ।

    images
    images

    महानगरपालिकाको भवन व्यवस्था समितिले यस विषयमा छलफल गर्दै प्रचलित कानुनको प्रतिबद्धता साथ कार्यान्वयन गर्न भवन निर्माण पक्षलाई आग्रह गरेको छ । समितिका संयोजक हीरालाल तण्डुकार भन्छन्, ‘यस्ता समस्या पहिले थोरै सुनिन्थे । अहिले बढ्न थाले । यसको दिगो समाधानका लागि प्राविधिक र सामाजिक पक्षको अध्ययन गर्नु पर्ने देखिएको छ । विज्ञ र साझेदारको सहयोगमा हामी यो कामलाई अगाडि बढाउँछौँ ।’‘कानुनी मर्यादामा निर्माण पक्षले लापरबाही गर्दा समस्या आएका हुन् ।’ समितिका सदस्य सचिव एवं विभागका प्रमुख सिनियर डिभिजन इञ्जिनियर हरिश्चन्द्र लामिछाने भने, ‘भवन नक्सा स्वीकृति लिँदा तोकिएका सर्तहरूको पूर्ण पालना हुनुपर्छ । यी सर्त पूरा नहुँदा विवाद सिर्जना हुन थाले । यसले निर्माण अवधि पनि लामो हुन्छ । खर्च पनि बढ्छ ।’

    यसरी उजुरी परेपछि प्राविधिक टोलीलाई फिल्ड निरीक्षणमा पठाएर प्राविधिक टोलीले दिएको प्राविधिक प्रतिवेदनअनुसार कुन प्रक्रिया अवलम्बन गर्दा पीडितको क्षति कम हुन्छ । त्यसबाट कारबाही अगाडि बढाउने गरिएको लामिछानेको भनाइ छ ।  विभागका स्ट्रक्चर इञ्जिनियर सन्तोष पाण्डेयका अनुसार बेसमेन्ट खनेका आफ्नो घर चर्किएको भनेर उजुरी दिनेहरूको सङ्ख्या ३० को हाराहारीमा पुगेको छ । वडा नम्बर १३, १४, १५, ७ लगायत वडाबाट धेरै उजुरी र गुनासो रहेको पाण्डेयको भनाइ छ ।    जिओटेक्निकल इञ्जिनियर उदयराज न्यौपाने भन्नुहुन्छ, ‘मानिस मानिस छिमेक भएजस्तै जमिन सतहको माटोको पनि आपसमा सम्बन्ध हुन्छ । यसलाई खन्दा सम्बन्ध टुट्छ । यो पक्षलाई नबुझ्दा समस्या आएको हो । बेसमेन्ट निर्माण गर्नु भनेको पूरा इञ्जिनियरिङ् काम हो । यसलाई ठेकेदार आफैँले गर्न खोज्दा पनि समस्या आएको हुनसक्छ । त्यसैले यो काम गर्दा दक्ष जनशक्ति चाहिन्छ ।’ उनले भने । 

    images
    images

    छलफलमा जमिन सतह र प्रकृति, माटोको अवस्थिति जस्ता पक्षमा कुरा गर्दै भवन निर्माणका लागि ड्रइङ् डिजाइनिङ्सँगै निर्माण कार्यमा घरधनी, ठेकेदार उत्तरदायी हुनुपर्ने निष्कर्ष निकालिएको छ । छलफलमा सहरी विकास तथा भवन निर्माण विभाग, काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका अधिकारीहरू पनि सहभागी थिए । उनीहरुले सहरी विकासमा भवन निर्माणको क्रम र भूमिगत पानी दोहनका कारण सिर्जना हुन सक्ने जोखिमका विषयमा धारणा राखेका थिए ।भवन निर्माण गर्दा भवन निर्माण संहिताले निर्माण सुरक्षा अपनाउनु पर्ने व्यवस्था गरेको छ । यस्तै मुलुकी देवानी संहिता २०७० को परिच्छेद ३ को दफा २७८ बमोजिम निर्माण सम्बन्धी काम गर्दा सुरक्षात्मक उपाय अपनाउनु पर्छ ।यसमा भनिएको छ, ‘कुनै व्यक्तिले आफ्नो घर वा जग्गामा कुनै काम गर्दा संघीयारको घर वा जग्गा वा संघीयारलाई कुनै किसिमको हानी नोक्सानी नहुने वा असर नपर्ने गरी सुरक्षात्मक उपाय अपनाउनु पर्नेछ ।’

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend