images

२०८३ आश्विन १९ गते

images
images
images
  • कृषि
  • जुम्लामा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम...

जुम्लामा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम सञ्चालन हुँदै

जुम्लामा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम सञ्चालन हुँदै

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • जुम्ला । जुम्लाको आठमध्ये ६ वटा स्थानीय तहमा उच्च मूल्य कृषिवस्तु उत्थानशील कार्यक्रम सञ्चालन हुने भएको छ । जिल्लाको चन्दननाथ नगरपालिकासहित पातारासी, तीला, हिमा, सिञ्जा र कनकासुन्दरी गाउँपालिकामा सात वर्षसम्म कृषि क्षेत्रमा काम गर्नेगरी सो कार्यक्रम सञ्चालन हुन लागेको कार्यालय प्रमुख सन्तोष भारतीले जानकारी दिए ।उनका अनुसार विशेष परियोजनाका रुपमा सञ्चालन हुने सो कार्यक्रमबाट स्थानीय किसानदेखि कृषि उद्यमी र आमउपभोक्ता लाभान्वित हुनेछन् ।

    images
    images

    कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जुम्लाको खाद्यबाली, दलहन, तरकारी,फलफूल, पशुपालन, दुग्धजन्य पदार्थको विकास एवं विस्तारका क्षेत्रमा सहयोग र सहकार्यको अवधारणाबमोजिम किसान तथा कृषि उद्यमी र आमउपभोक्तालाई लाभान्वित तुल्याउँदै जुम्ली जनताको जीवनस्तर सुधारका पक्षमा परियोजना सञ्चालन गरी काम गर्न लागेको स्पष्ट पारेको छ ।कर्णाली प्रदेशसभा सदस्य देवेन्द्र शर्माले बाँझिएका जग्गाको सदुपयोग, कृषि उत्पादकत्व वृद्धि, उत्पादित कृषिजन्य वस्तुको बजार व्यवस्थापन, स्याउलगायत स्थानीय फसलको संरक्षण र सम्वद्र्धनसहित आमकृषकलाई कृषि क्षेत्रमा आकर्षण गर्न उच्च मुल्य कृषि वस्तु उत्थानशील कार्यक्रम सफल हुने जानकारी दिए ।

    यसै सन्दर्भमा जुम्लास्थित कृषकसम्बद्ध विभिन्न सङ्घ, सङ्गठन र अगुवा कृषकले परियोजना सञ्चालन हुन लागेकामा खुसी व्यक्त गर्दै समग्र कृषि क्षेत्रको विकासमा सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend