images

२०८३ आश्विन १८ गते

images
images
images

तिलकोत्सवका लागि राम मन्दिरमा भव्य तयारी

तिलकोत्सवका लागि राम मन्दिरमा भव्य तयारी

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • धनुषा । सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव अन्तर्गत आज (आइतबार) आयोजना गरिने तिलकोत्सवका लागि जनकपुरधामको राम मन्दिरमा भव्य तयारी भइरहेको छ।त्रेतायुगमा भगवान् राम र माता सीताको विवाहको स्मरणमा हरेक वर्ष मनाइने यस महोत्सवको महत्वपूर्ण विधि तिलकोत्सवलाई भव्य र व्यवस्थित बनाउन महावीर युवा कमिटी, स्थानीय निकाय र मन्दिर व्यवस्थापन पूर्ण रूपमा सक्रिय छन्। 

    images
    images

    आयोजकका अनुसार जानकी मन्दिरबाट ‘पाहुर’ लिएर जानकी मन्दिरका महन्थ राम मन्दिरसम्म पुग्नेछन्। त्यसपछि राम मन्दिरको प्राङ्गणमै मुख्य तिलकोत्सव विधि सम्पन्न गरिने महावीर युवा कमिटीका महासचिव भरत साहले जानकारी दिए।तिलकोत्सवको विशेष आकर्षणमा हरेक वर्षझैँ जानकी मन्दिरका महन्थ र अयोध्या दरबारको प्रतिनिधित्व गर्दै जनकपुरस्थित राम मन्दिरका महन्थबीच हुने ‘समधी मिलन’ रहेको छ। दुवै पक्षबीच हुने हास्य–व्यङ्ग्य मिश्रित संवाद तथा सांस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई झनै मनोरञ्जक बनाउने परम्परा रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend