काठमाडौँ, मंसिर ०७ । देशभरका विभिन्न क्षेत्रमा यातायात पूर्वाधार विस्तारसँगै यात्रा झन्झन सहज बन्दै गएको छ। विद्यालय तथा क्याम्पसका शैक्षिक भ्रमणदेखि परिवार र साथीभाइसँग घुमफिर गर्न चाहनेहरूको गन्तव्यसमेत विविध बन्दै गएको छ।
यस्तैमा पछिल्ला दिनहरूमा मुक्तिनाथ देश विदेशका पर्यटकहरूको प्रमुख आकर्षणको रूपमा उभिन थालेको छ। रमणीय दृश्यावली, धार्मिक तथा सांस्कृतिक महत्त्व र सुधारिएको सडक पहुँचका कारण यहाँको यात्रा अनुभव झनै मनमोहक बनेको पर्यटकहरूको भनाइ छ।

यातायात सेवामा आएको सुधारसँगै स्थानीय होटल, रेष्टुरेन्ट तथा यातायात व्यवसायमा पनि सकारात्मक प्रभाव परेको स्थानीय पर्यटन व्यवसायीको धारणा छ। तस्बिरः उत्सव चौलागाई




.gif)





