images

२०८३ आश्विन १७ गते

images
images
images
  • अर्थतन्त्र
  • विदेशी लगानी प्रतिवद्धतामा सुधार, चार महिनामा...

विदेशी लगानी प्रतिवद्धतामा सुधार, चार महिनामा ३६ अर्ब स्वीकृत

विदेशी लगानी प्रतिवद्धतामा सुधार, चार महिनामा ३६ अर्ब स्वीकृत

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा नेपालले ३६ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडीआई)प्रतिबद्धता स्वीकृत गरेको छ।उद्योग विभागका अनुसार कात्तिक महिनासम्म विभिन्न आठ उद्योग समूहमा गरी ३ सय ८२ परियोजनाले लगानी स्वीकृति पाएका छन्। गत आर्थिक वर्षको यही अवधिमा १९ अर्ब रूपैयाँ बराबरको स्वीकृति थियो।

    images
    images

    उद्योग विभागका अनुसार सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका छन्। आईसीटी क्षेत्रमा मात्र २ सय ५ उद्योगले स्वीकृति पाएका छन्।यसमा लगानी रकम भने तुलनात्मक रूपमा निकै न्यून छ। विभागका अनुसार यस समूहमा करिब ८७ करोड ४३ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ। लगानी रकमका हिसाबले भने कृषि तथा वन आधारित उद्योग समूह अग्रस्थानमा रहेको देखिन्छ। यसमा परेका १३ उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी एफडीआई स्वीकृत भएको छ, जुन समग्र प्रतिबद्धतामा सबैभन्दा ठूलो हिस्सा हो।

    पर्यटन क्षेत्रतर्फ १ सय १८ पर्यटन उद्योगका लागि ८ अर्ब ९४ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ। क्षेत्रमा २३ उद्योगका लागि ३ अर्ब ९ करोड, उत्पादनमूलक उद्योगमा २१ उद्योगका लागि १ अर्ब ६५ करोड, पूर्वाधारतर्फ करिब ८ अर्ब ७४ करोड, ऊर्जामा १८ करोड र खानी क्षेत्रमा करिब ४५ लाख रुपैयाँको एफडीआई स्वीकृत भएको विभागले जनाएको छ।

    images
    images



    कात्तिक महिनामा मात्रै ७१ नयाँ उद्योग दर्ता भएका छन्। कात्तिक महिनामा कुल १ अर्ब ५४ करोड ३९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend