आशा लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । लघुवित्तको मंसिर ५ गते बसेको सञ्चालक समितिको बैठकले आथिृक वर्षका २०८१÷०८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
आफ्ना सेयरधनीहरुलाई कुल चुक्ता पुँजीको १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांशमध्ये ९.५ प्रतिशत बोनस र ०.५ प्रतिशत नगद (कर प्रयोजन) रहेको छ । उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेर संस्थाको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुने छ ।





.gif)





