images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • सरकारी सवारी साधनको पूर्ण बीमा लागू,...

सरकारी सवारी साधनको पूर्ण बीमा लागू, अर्थ मन्त्रालयका २० गाडीको बीमा गरियो

सरकारी सवारी साधनको पूर्ण बीमा लागू, अर्थ मन्त्रालयका २० गाडीको बीमा गरियो

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौं। सरकारले सरकारी सवारी साधनहरूको पूर्ण (कम्प्रिहेन्सिभ) निर्जीवन बीमा गर्ने नीति कार्यान्वयनमा ल्याएको छ । सरकारको यो निर्णयसँगै अब आगलागी वा दुर्घटना जस्ता कारणबाट सवारी साधनमा क्षति पुगेमा त्यसको आर्थिक भार सरकारी कोषमा नपर्ने भएको हो ।

    images
    images

    गत असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले सरकारी सवारी साधनहरूको बृहत् बीमा गर्ने निर्णय गरेको थियो । सोही निर्णयको कार्यान्वयन स्वरूप अर्थ मन्त्रालयले आफ्नो स्वामित्वमा रहेका २० वटा चार पांग्रे सवारी साधनको नेपाल बीमा कम्पनीमार्फत पूर्ण बीमा गराएको हो ।

    मन्त्रालयका अनुसार यस व्यवस्थाले भविष्यमा कुनै सरकारी सवारी साधन दुर्घटना वा अन्य कारणले क्षति हुन गएमा बीमा दाबीबाट प्राप्त रकममार्फत नयाँ सवारी साधन खरिद गर्न सकिनेछ । यसले सरकारी कोषबाट हुने खर्चमा कमी ल्याउनुका साथै प्राथमिकताका अन्य क्षेत्रहरूमा स्रोत व्यवस्थापन गर्न सहज हुने विश्वास लिएको अर्थ मन्त्रालयले जनाएको छ ।यस कदमले सार्वजनिक वित्त व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन मद्दत पुग्ने अपेक्षा अर्थ मन्त्रालयको भनाई छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend