images

२०८३ आश्विन १७ गते

images
images
images
  • विमा
  • अर्थ मन्त्रालयको स्वामित्वमा रहेका २० चारपाङ्ग्रे...

अर्थ मन्त्रालयको स्वामित्वमा रहेका २० चारपाङ्ग्रे सवारीसाधनको पूर्ण बिमा

अर्थ मन्त्रालयको स्वामित्वमा रहेका २० चारपाङ्ग्रे सवारीसाधनको पूर्ण बिमा

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • काठमाडौं । अर्थ मन्त्रालयको स्वामित्वमा रहेका २० वटा चारपाङ्ग्रे सवारी साधनको पूर्ण बिमा भएको छ ।नेपाल सरकारको सरकारी सवारी साधनहरूलाई पूर्ण (कम्प्रिहेन्सिभ) बिमा गर्ने निर्णयअनुरुप अर्थ मन्त्रालयको स्वामित्वमा रहेका २० वटा चारपाङ्ग्रे सवारी साधन नेपाल इन्स्योरेन्स कम्पनीमार्फत पूर्ण बिमामा आवद्ध गरिएको हो ।

    images
    images

    मन्त्रिपरिषद्को २०८२ असोज ५ गतेको बैठकबाट भएको निर्णयअनुसार अर्थ मन्त्रालयको स्वामित्वमा रहेका सवारी साधनको बिमा गरिएको बताइएको छ ।यस निर्णयले सरकारी सवारी साधनमा आगलागी, दुर्घटना वा अन्य जोखिमका कारण क्षति भएमा बिमा दाबीबाटै सवारी साधन पुनः खरिद वा मर्मत सम्भव हुने भएकाले सरकारी कोषमा पर्ने आर्थिक भार कम हुने मन्त्रालयले जनाएको छ ।

    अर्थ मन्त्रालयका अनुसार बिमाले हुने सुरक्षा व्यवस्थापनले सार्वजनिक खर्चमा कटौती, प्राथमिकताका क्षेत्रमा स्रोत परिचालन सहज तथा सार्वजनिक वित्त व्यवस्थापन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ ।यस प्रक्रियालाई सहजीकरण गर्नुका लागि सहसचिव थान प्रसाद पन्जानीले आवश्यक समन्वय तथा कार्यान्वयनको जिम्मेवारी सम्हालेका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend