images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • राष्ट्र बैंकले नेपालीले पठाएको रेमिट्यान्स विदेशी...

राष्ट्र बैंकले नेपालीले पठाएको रेमिट्यान्स विदेशी बैंकमा राखेर कमायो ९६ अर्ब

राष्ट्र बैंकले नेपालीले पठाएको रेमिट्यान्स विदेशी बैंकमा राखेर कमायो ९६ अर्ब

images
images
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विदेशी सम्पत्तिमा लगानी गरेर मात्रै एक वर्षमा झन्डै ९६ अर्ब १६ करोड रुपैयाँ कमाएको छ । राष्ट्र बैंकले प्रकाशित गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा यस्तो आम्दानी गरेको देखाएको हो ।यो अवधिमा राष्ट्र बैंकले प्राप्त गरेको कुल रकममध्ये विदेशी बैंक तथा वित्तीय संस्थाको मुद्दती खातामा पैसा राखेबापत २९ अर्ब ७० करोड, विदेशी सुरक्षण पत्रमा गरिएको लगानी बापत ६२ अर्ब ३ करोड, स्थिर सुरक्षण पत्रमा लगानीबापत ३ अर्ब ५३ करोड र आईएमएफको एसडीआर होल्डिङमा गरेको लगानी बापत ८७ करोड रुपैयाँ प्राप्त गरेको छ ।

    images
    images

    गत वर्ष राष्ट्र बैंकले यस्तै लगानीबापत जम्मा ७९ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको थियो । यो वर्षको आम्दानी गत वर्षको भन्दा २०।५३ प्रतिशत बढी हो । यो वर्ष राष्ट्र बैंकसँग विदेशी मुद्राको सञ्चिति बढ्दै जाँदा आम्दानी समेत बढ्दै गएको हो ।

    पछिल्लो वर्ष विदेशबाट भित्रिने रेमिट्यान्स बढ्दै जाँदा राष्ट्र बैंकसँगको विदेशी मुद्राको सञ्चिति बढ्दै गएको छ । त्यसरी आउने रेमिट्यान्सबापत राष्ट्र बैंकले नेपाली रुपैयाँमा भुक्तानी दिएर प्राप्त भएको डलर वा अन्य मुद्रा भने विदेशी सुरक्षण पत्रमा लगानी गर्ने गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend