images

२०८३ आश्विन २० गते

images
images
images
  • बजार
  • काँक्रो र हरियो धनियाँमा भेटियो अत्यधिक...

काँक्रो र हरियो धनियाँमा भेटियो अत्यधिक विषादीको मात्रा

काँक्रो र हरियो धनियाँमा भेटियो अत्यधिक विषादीको मात्रा

images
images
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको काँक्रो र हरियो धनियाँमा अत्यधिक विषादीको मात्रा भेटिएको छ । अर्गानोफस्फेट नामक विषादीको मात्रा अत्यधिक भेटिएको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कालीमाटीले जनाएको छ । भक्तपुरबाट बिक्रीका लागि ल्याएको हरियो धनियाँमा अगानोफस्फेटको मात्रा ५५.२९ प्रतिशत भेटिएको छ । यस्तै नवलपरासीबाट बिक्रीका लागि कालीमाटीमा ल्याएको काँक्रोमा ४६.५० प्रतिशत अगानोफस्फेट नामक विषादीको मात्रा भेटिएको छ । समितिले १५ वटा तरकारीको नमुना सङ्कलन गरी विषादीको परीक्षण गर्दा २ वटा नमुनामा विषादी पाइएको हो ।

    images
    images

    जारमा कार्वामेट र अर्गानोफस्फेट समूह कीटनाशक विषादीको मात्र परीक्षण गरिँदै आएको छ । यस्तो प्रकारको विषादी ३५ प्रतिशतभन्दा कम उपभोग योग्य, ३५ देखि ४५ प्रतिशतसम्म केही दिन राखेर खान मिल्ने र ४५ प्रतिशतभन्दा बढी खान अयोग्य मानिन्छ । 

    image

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend