काठमाडौँ । मंसिर ०४, आज मंसिर कृष्ण पक्षको औंसी तिथि पर्छ। यही दिन विश्व बाल दिवस र विश्व दर्शनचार्य दिवस पनि मनाइन्छ।
धार्मिक दृष्टिले आजको दिन विशेष महत्वको छ। बिहीबार देवताका गुरु वृहस्पति र भगवान विष्णुको पूजा गरिन्छ। विश्वास छ कि आजको दिन व्रत बस्दा धन, पुत्र र विद्या प्राप्ति हुन्छ। यसैगरी, भगवान विष्णुकी पत्नी लक्ष्मीको पनि पूजा गरिन्छ।
पूजा विधिः बिहान स्नान गरेर पहेँलो वस्त्र धारण गर्ने। त्यसपछि पहेँलो फूल र चन्दन मिसाएर प्रसाद तयार गर्ने र भगवानलाई अर्पण गर्ने। यस व्रतले भगवान विष्णुलाई प्रसन्न पार्छ र उहाँको आर्शिवाद घरमा सधैं रहन्छ भन्ने विश्वास छ।
यो व्रत कम्तीमा ७ महिना र अधिकतम १३ महिना बस्नुपर्छ। व्रतको दिन शुद्ध भएर पहेँलो कपडा लगाई ‘ऊँ गुरवे नमः’ मन्त्र कम्तिमा पाँच माला जाप गर्नुपर्दछ।




.gif)





