images

२०८३ कार्तिक ५ गते

images
images
images
  • समाचार
  • आउँदो दसैंतिहारका लागि राष्ट्र बैंकले असोज...

आउँदो दसैंतिहारका लागि राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट दिने

आउँदो दसैंतिहारका लागि राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट दिने

images
images
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • काठमाडौं । दसैंतिहारका लागि यो वर्ष केन्द्रीय बैंकले असोज १३ गतेदेखि सुकिला नोट सटहीको सुविधा दिने भएको छ ।

    images
    images

    दसैंतिहारकै लागि भनेर यो वर्ष नयाँ नोट छपाई नगरेपनि पुरानै सुकिला नोटलाई प्रयोगमा ल्याउने गरी व्यवस्था मिलाएको नेपाल राष्ट्र बैंकले जनाएको हो । सुकिला नोट सटहीका सुविधा आगामी असोज १३ गतेदेखि दिन लागिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले जानकारी दिए ।

    उनका अनुसार राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य  बैंक तथा वित्तीय संस्थाहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको छ ।

    images
    images

    गत वर्षहरुमा जस्तै यस वर्ष पनि प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले (एक सेट) सुकिला नोट सटही सुविधा प्रदान गरिनेछ । रु.५, रु.१०, रु.२०, रु.५० र रु.१०० दरका सुकिला नोट साट्न सकिन्छ । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend