images

२०८३ आश्विन १६ गते

images
images
images

यो सिजनमा ८ हजार पाँच सय पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरे

यो सिजनमा ८ हजार पाँच सय पर्यटकले मनास्लु क्षेत्रको भ्रमण गरे

images
images
बुधवार, मंसिर ३ २०८२
बुधवार, मंसिर ३ २०८२
  • गोरखा । चालू आर्थिक वर्षको साउनयता आठ हजार पाँच सय ४४ पर्यटकले गोरखाको मनास्लु क्षेत्र अवलोकन गरेका छन् । मनास्लु क्षेत्रमा गएको कात्तिकमा चार हजार दुई सय ४७ पर्यटक भित्रिएका मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ ।

    images
    images

    आयोजनाका प्रमुख सन्तोष शेरचनका अनुसार असोजमा तीन हजार चार सय ४२, भदौमा सात सय ७९ र साउनमा ७६ जना पर्यटक मनास्लु क्षेत्र भ्रमण गर्न पुगेका थिए । यसअघि विदेशी पर्यटकको मात्र विवरण सङ्कलन गर्ने गरिएकोमा चालू आर्थिक वर्षदेखि नेपाली पर्यटकको विवरणसमेत राख्न शुरू गरेको उहाँले जानकारी दिनुभयो ।

    गएको आर्थिक वर्ष २०८१/८२ मा मनास्लु क्षेत्रमा १२ हजार पाँच सय १२ जना पर्यटक भित्रिएकामा यो वर्ष त्यसभन्दा बढी पर्यटक पुग्ने अपेक्षा गरिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend